सुजता सुनुवार
इलाम : नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वृक्षारोपण गरेर आफ्नो बाबुको शतवार्षिकी समारोह सम्पन्न गरका छन् ।
उनले इलामको इलाम नगरपालिका १ को पण्डित गाउँ र वडा नम्बर २ को उमाकान्त डाँडाँमा दुई/दुई वटा विरुवा रोपेको १ नम्बर प्रदेशका सांसद खिनु लङ्गवा लिम्बूले जानकारी दिइन् ।
वृक्षारोपण गर्दै पूर्वप्रधानमन्त्री खनालले बाबुको जन्म भएको १०० वर्ष पुगेकाले जिनकोबाइलोभिया जातको चार बोट विरुवा रोपेको बताए । सो विरुवाको उचाई एक सय २० फिट र यसको आयु एक सय वर्ष हुने समेत उनले जानकारी दिए ।
‘इलाममा पहिलो पटक २० करोड वर्ष अगाडि उम्रिएको नयाँ जातको विरुवा रोपेको छु’ उनले भने, ‘यसको प्रभावकारिता मेरो बाबुको अर्को शतवार्षिकीसम्म कुरेर मात्र थाहा हुनेछ ।’
जापानबाट दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकिमा बम विस्फोट हुदाँ खरानी भएको जमिनको बिचबाट उम्रिएको विरुवा भएकाले यसको बेग्लै महत्व रहेको जनाईएको छ । वृक्षारोपणमा खनालका सपरिवार र सांसद लिम्बू, एमाले कार्यवाहक अध्यक्ष भक्त केसी, एमाले नेता नोम खतिवडा लगायतको सहभागिता रहेको थियो ।






















































