पाइपमा क्षति हुँदा पानी ठप्प

सुजता सुनुवार 

इलाम : खानेपानीको पाइपमा क्षति पुगेपछि इलामका २८ सय ४२ धारामा खानेपानी ठप्प भएको छ ।

गिताङ्ग खानेपानी मुहान नजिकै स्थानियले सडक निर्माण गर्ने क्रममा ढुङ्गा लडेर पानीको पाइपमा क्षति पुगेको गिताङ्ग खानेपानी आयोजनाका सव इन्जिनियर मेघनाथ ढुङ्गानाले बताए ।

उनका अनुसार इलाम नगरपालिकाभित्रका करिब ३१ हजार ७२० ले गिताङ्ग खानेपानीबाट आएको पानी प्रयोग गर्ने गर्छन् । पाइपमा निकै क्षति पुगेकाले पाइपको मर्मत गर्न केही दिन लाग्ने सव इन्जिनियर ढुङ्गानाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार