प्रजातान्त्रिक योद्धा हेमरमको शालिक अनावरण

नयाँ बुलन्द

झापा : प्रजातान्त्रिक आन्दोलनका योद्धा तुर्सा हेमरमको अर्धकदको शालिक अनावरण गरिएको छ । विहिबार कनकाई नगरपालिका–१ स्थित नगरपालिका कार्यालयसँगै तुर्सा हेमरमको स्मृतिमा निर्मित प्रतिष्ठान र शालिकको नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री गगनकुमार थापाले तशालिक अनावरण गरेका हुन् ।

शालिक अनावरण गर्दै नेता थापाले नेपाली जनताको अधिकार सुनिश्चित गर्नका लागि तुर्सा हेमरमजस्तै कयौं योद्धाको बलिदान रहेको उल्लेख गरेका छन् ।

थापाले कांग्रेसलाई समाजवादको यात्रातर्फ प्रस्थान गराउँदै अब राष्ट्रको समृद्धिको आधार तयार गर्नु पर्ने जोड दिए । उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको गम्भीर समीक्षा गरी पार्टीलाई सशक्त र जनपक्षीय बनाउने उद्घोष पनि नेता थापाले गरे ।

प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतका अनुसार वीपी कोइराला, सिके प्रसाईहरुसँगै प्रजातान्त्रिक आन्दोलनमा होमिएका हेमरमको २०५२ साल पुस २० गते निधन भएको थियो। प्रतिष्ठान निर्माणका लागि सुरुंगाका कांग्रेस कार्यकर्ता उमा सिटौला र मातृका सिटौलाले तीन कठ्ठा १० धुर जग्गा उपलब्ध गराएका हुन् ।
तस्वीर ः शालिक अनावरण गदैं थापा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार