चुलाचुलीमा आत्महत्या रोकथाम प्रशिक्षण सम्पन्‍न

नयाँ बुलन्द

चुलाचुली : इलामको दक्षिणी चुलाचुली गाउँपालिका वडा नम्बर ३ स्थित सामुदायिक कर्वड हलमा दुई दिने आत्माहत्य रोकथाम सहजीकरण तालिम सम्पन्‍न भएको छ ।

‘आत्महत्या अन्तिम विकल्प होइन, बाँचे संसार जितिन्छ’ नारा रहेको सचेतना कार्यक्रम चुलालाचुली गाउँपालिका वडा नम्बर ३ ले आयोजना गरेको हो ।

वडा नम्बर ३ का स्थानीयवासीलाई लक्षित गरि आयोजना गरिएको तालिममा मनोविज्ञान डाक्टर नगेन्द्रसिंह ठगुना, होमबहादुर सिनाल, मणि केरूङले प्रशिक्षण दिएका थिए । प्रमुख अतिथि चुलाचुली गाउँपालिका प्रमुख प्रदिपचन्द्र राईद्वारा ४५ जना तालिममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

समापन कार्यक्रममा चुलाचुली गाउँपालिका उपप्रमुख निर्मला दाहाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल खतिवडा, वडा नम्बर ४ अध्यक्ष कालिदास भट्टराई, समाजसेवी राजेन्द्र केरूङ, रामप्रसाद राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीताका तर्फबाट गिता पुरू र दिलबहादुर श्रेष्ठले मन्तव्य राखेका थिए । साथै समग्र सहभागीहरूले आगामी दिनहरूमा पनि सचेतना कार्यक्रमको अपेक्षा राखेका थिए । वडा नम्बर ३ का अध्यक्ष नरेन्द्र लावतीको अध्यक्षतामा भएको कार्यक्रम वडा सचिव गोबिन्द सुवेदीले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार