नयाँ बुलन्द
झापा : गीतसंगीतको माध्यमद्धारा दमकलाई परिचय गराउने प्रयासमा हालैः मात्र ‘दमक बजार……..’ गीतको भिडियो युट्युवबाट सार्वजनिक भएको छ । दमकलाई मुख्य केन्द्र विन्दुमा राखेर तयार पारिएको गीत र भिडियो (म्यूजिक भिडियो) को चर्चा यतिवेला सागीतिकक्षेत्रमा चुलिएको छ ।
पूर्वेली लोक–सांगितिक क्षेत्रमा उदाउँदै गरेका गायक मोहन थेगिमले तयार गरेका ‘दमक बजार….’ को म्यूजिक भिडियोमा दमकको पहिचानलाई चित्रण गरिएको छ । मोहन थेगिम र सीता राईको आवाजमा रहेको ‘दमक बजार…..’ लाई मोहन थेगिम, निशा योङहाङ र प्रतिक्षा अधिकारीले फिचरिङ गरेका छन् ।
गायक थेगिमले ‘मेरो एकल यात्रा’ नामक एल्बम यसअघि नै बजारमा ल्याइसकेका छन् । थेगिमको आफ्नै शब्द र लयमा रहेको ‘दमक बजार….’ गीलाई अशोक थापाले संगीत भरेका छन् ।
सो गीतलाई नरेन्द्र लावोतिले फिचरिङमा निर्देशन गरेका छन् । म्यूजिक भिडियो लगायत चलचित्रहरुको निर्देशनमा लामो समय काम गरिसकेका लावोतिले ‘दमक बजार…..’ लाई दमकको मुख्य क्षेत्रलाई समेट्न सफल भएको छ ।
दमकभित्र रहेको दमक बजार, नगरपालिका परिसर, फाल्गुनन्द चौक, पशु हाँट, वस पार्क, किराँत भवन, रेडक्रस भवन, आकाशे पुल, गणतन्त्र चोक, रतुवा खोाला, चपेटी, भुटानी शरणार्थी शिविर, आईओएम (अन्तराष्ट्रिय पूर्नवास कार्यालय) लगायतलाई भिडियोमा समावेश गरिएको छ । जगन साम्पाङ राईले सम्पादन गरेको भिडियोमा दिनेश माङमुले नृत्य निर्देशन गरेका छन् ।
गायक थेगिमले भने–‘यो पहिलो कोशेली हो ।’ मेरो पहिलो म्यूजिक भिडियो ‘दमक बजार….’ लाई मन पराईदिएकोमा खुशी ब्यक्त गर्छु । गीत मात्र राम्रो भएर हुन्न, थेगिमले भने–‘भिडियोमा आवश्यक सवै कुराको समायोजन अत्यन्तै राम्रो भयो र उत्कृष्ट बन्न सफल भयो ।’ सवैको मिहेनतले ‘दमक बजार….’ सफल बन्यो ।’