नेपथ्यको तयारी तीव्र

नयाँ बुलन्द

झापा : आउँदो शुक्रवार पुस २८ गते दमकमा हुन लागेको नेपथ्य बृहत कन्सर्टको तयारी तीव्र बनाएको छ ।

नेपालकै चर्चित नेपथ्य ब्याण्ड स्थापनाको २५ वर्ष पूरा भएको अवसर पारेर नेपथ्यले स्थानीय पूर्वाञ्चल रक, जय मिडिया म्यानेजमेण्ट र थ्रि लिकं भिजनको संयुक्त संयोजकत्वमा लाइभ कन्सर्ट गर्न लागेको हो । स्थानीय सरस्वती माध्यमिक विद्यालयका प्राङगणमा हुने सो कन्सर्टमा ६ हजार बढी दर्शकले सहभागीता जनाउने आयोजकले दावी गरेका छन् ।

कन्सर्टका मुख्य व्यवस्थापक रवि श्रेष्ठका अनुसार कन्सर्टको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रम स्थलसहित आन्तरिक तयारी लगभग अन्तिम चरणमा पुगेको व्यवस्थापक श्रेष्ठले जनाए । कन्सर्टमा व्याण्डका गायक अमृत गुरुङले लगातार २ घण्टा नयाँ पूराना गीतहरु प्रस्तुत गर्ने छन् । हरेक वर्ष विभिन्न च्यारिटी शो मात्र गर्दै आएको नेपथ्यले यसपटक भने व्यवसासायिक कार्यक्रम गर्न लागेको हो । दमकमा गरिने प्रस्तुति पछि नेपथ्यको अर्काे कार्यक्रम भने नारायणघाटमा माघ १ गते गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार