
सुजाता सुनुवार
इलाम : विगत ६ वर्षयता इलाममा करिब ५७ हजार नागरिकले राहदानी बनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय इलामको तथ्याङ्क अनुसार ०६८ सालदेखि हालसम्म ५६ हजार नौ सय ७४ जनाले राहदानी बनाएका हुन् ।
राहदानी बनाउनेमध्ये ३६ हजार छ सय ३५ जनाले सामान्य प्रक्रियाबाट राहदानी बनाएका छन् । २० हजार तीन सय ३९ जनाले द्रुत सेवा (फास्ट ट्रयाक) बाट राहदानी बनाएका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा मात्र पाँच हजार ७४ जनाले राहदानी बनाएका थिए । त्यसमध्ये तीन हजार सात सय १४ जनाले सामान्य प्रक्रियाबाट र एक हजार तीन ६० जनाले द्रुत सेवा (फास्ट ट्रयाक) मा राहदानी बनाएका छन् ।
चालु आ.व. ०७४७५ को हालसम्ममा राहदानी बनाउनेको संख्या दुई हजार तीन ३२ जना पुगेका छन् । जसमा एक हजार छ २८ जना पुरुष र सात सय चार जना महिला रहेका छन् । जसमध्ये द्रुत सेवाबाट छ सय ४२ जनाले राहदानी बनाएका कार्यालयले जनाएको छ ।
द्रुत सेवाबाट ६ दिनमा राहदानी बन्ने भएपनि शुल्क भने महङ्गो रहेको छ । द्रुत सेवामा १० हजार शुल्क लिने गरिएको छ ।
राहादानीबाट गत आ.व. ०७३/७४ मा दुई करोड ६३ लाख ५७ हजार पाचँ सय राजस्व संकलन भएको थियो । चालु आवमा एक करोड २१ लाख ९५ हजार राजस्व संकलन भएको छ ।
कामको शिलशिलामा इलामबाट खाडी मुलुक मलेसिया, कतार, दुवई, कोरिया जस्ता देशहरु जाने गरेका छन् । खाडी मुलकमध्ये पनि सबै भन्दा धेरै मलेसिया जाने गरेको कार्यलयले जनाएको छ ।






















































