अचानक तीनवटा पशु मरे

नयाँ बुलन्द

इलाम : इलाम नगरपालिका ५ ओख्रेमा एक परिवारले पालेका पशु चौपाय अचानक मरेका छन् । स्थानिय बिरबहादुर अधिकारीले पालेका तीनवटा पशु गएराती अचानक मरेका हुन् ।

साँझमा खोले खाइसकेपछि बिरामी परेको र एउटा माउ गाई, बाछी र एउटा खसी मरेको छ । अन्य दुई वटा बाख्रा पनि विरामी परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

खोलेमा बिस मिसिएर यस्तो घटना भएको वताइएको छ । गाई गोठमा ल्याइएको पानीको मुहानमा विष मिसाइएको हुन सक्ने परिवारको शंका छ ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार