फाल्गुनन्द गोल्डकपको उपाधि सुनसरीलाई

नयाँ बुलन्द

पाँचथर : पाँचथरको फिदिममा सञ्‍चालित नवौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि सुनसरी ११ ले जितेको छ । आइतवार फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनलमा मोरङ ११ लाई २-० गोल अन्तरले पराजित गर्दैै सुनसरीले उपाधी जितेको हो ।

खेलमा सुनसरीका तीर्थ बस्नेतले ६६ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै ८५ औँ मिनेटमा सुनसरीकै सुरज सुनुवारले गोल गर्दै उपाधिको पक्का गरेका थिए ।

विजेता सुनसरीले ३ लाख रुपैँया पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मोरङले २ लाख रुपैँया पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

गफल्डकप फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार