व्लड क्यान्सर रोगीलाई हन्ट ग्रुपको सहयोग

नयाँ बुलन्द

झापा : गोकर्णेश्वर नगरपालिका वार्ड न १२ घर भई हाल काठमाडौं बसोबास गरिआएका कृष्ण भण्डारीको छोरी व्लड क्यान्सर रोगी कृष्टिना भण्डारीलाई गोर्खाली हन्ट ग्रुपले नगद सहयोग प्रदान गरेको छ ।

गत कार्तिकदेखि ब्लड क्यान्सर रोगबाट पीडित बालिकाको उपचारमा सहयोग पुर्याँउन गु्रपले ५७ हजार ५५५ रुपैया प्रदान गरिएको हो । गु्रपका दिपक दाहाल, स्टार कार्की, कोपिला राई, विजय खुदाङ,मदन फोम्बोलगायतका युवाहरुको सक्रियतामा पीडित बालिकाको उपचारका लागि सहयोग जुटाईएको झापा, शिवसताक्षीका सुरज रिङालुङले जानकारी दिए ।

आज पीडितको घरमा पुगेर गु्रपले सो सहयोग रकम हस्तान्तरण गरेको थियो । यसैवीच रगत टा«न्सप्लान्ट गर्न पीडितलाई २० लाख बढी खर्च लाग्ने भएकाले त्यस गु्रपले थप सहयोग जुटाउन सहयोगी दाताहरुसंग आग्रह गरिआएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार