भलिबलको उपाधि जनता माविलाई

नयाँ बुलन्द

चुलाचुली : इलामको चुलाचुली वडापालिका-२ स्थित जनता माध्यमिक विद्यालयमा आयोजित दुई दिने भलिबल प्रतियोगिताको उपाधि जनता माविले जितेको छ ।

विद्यार्थीहरूकाे पठनपाठन साथै उनीहरूकाे खेल प्रतिभाकाे क्षमतालाई प्राेत्साहन गर्ने उदेश्यले हातेमालाे बाल क्लवले अायाेजना गरेको प्रतियोगितामा चुलाचुली वडापालिका-४ का बाल ज्याेति मावि उपविजेता बन्यो । प्रतियोगितामा ६ विद्यालयले सहभागी थियाे । कार्यक्रम निसान भट्टराईको अध्यक्षतामा भएको थियो ।

विजेताहरूलाई चुलाचुली गाउँपालिका प्रमुख प्रदिपचन्द्र राईको अतिथित्वमा ट्रफिक, मेडल र प्रमाण-पत्र वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार