नयाँ बुलन्द
झापा : दमक जेसीजको नयाँ नेतृत्वमा आधा दर्जनले आफनो आकांक्षा देखाएका छन् । दमक जेसीजको पुस १५ देखि १८ गतेसम्म ३७ औ साधारणसभा सम्पन्न हुदै छ । वर्ष २०१८ का लागि हुने नेतृत्वका लागि हालका महासचिव चन्द्र खत्रीसहितका ६ जनाले आफनो दावेदार प्रस्तुत गरिआएका छन् ।
यसरी अध्यक्षका दावेदार प्रस्तुत गर्नेहरुमा महासचिव खत्री, कानुनी सल्लाहकार गोपाल गुरागाई, कार्यकारी उपाध्यक्ष सिता कार्की, सुयोग खरेल, पूर्व कार्यसमितिमा रहेका भीमराज केसी र बद्रि बराल रहेका छन् । ती नाममध्ये सिता र सुयोगबाहेकले भने नेतृत्वका लागि आफनो दावीलाई लविङका साथ उठाउदै आएका छन् ।
सन् २००९ देखि जेसीजमा आवद्ध रहेका खत्री जेसीजसंगै विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएका छन् । खत्रीले दमक जेसीज र नेपाल जेसीजको सम्बन्धलाई थप मजवुत गर्न आगामी नेतृत्व आफूले पाउनु पर्नेमा दावी गरिआएका छन् । अन्य प्रतिष्पर्धी भन्दा उनको उम्मेदवारी भावी जेसीजको सम्बृद्धिका लागि बढी योग्य ठानिएको छ ।
खत्रीका प्रतिष्पर्धी गुरागाई दमक उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष हुन् । समग्र व्यवसायीहरुका अगुवा भएकाले उनको जेसीज नेतृत्व कम प्रभावकारी हुन सक्ने अनुमान गर्न सकिन्छ । त्यस्तै, केसी दमक–८ का वडा सदस्य हुन् । जनप्रतिनिधीसंगै आफनै वडामा पर्ने जनता आधारभूत विद्यालयका अध्यक्ष, धुव्रतारा स्पोर्टिङ क्लवका अध्यक्षलगायतका सामाजिक गतिविधिहरुमा सक्रिय भएकाले पनि उनको दमक जेसीजको नेतृत्वमा सन्तुलित समय अभाव हुने देखिएको छ ।
यसैगरि बराल सरकारी जागिरेसंगै दमकमा सर्जिकल व्यवसाय सञ्चालन गरिआएका छन् । इलामको चुलाचुलीस्थित उपस्वास्थ्य चौंकीमा कार्यरत उनी सामाजिक गतिविधिहरुमा कमजोर मानिन्छन् । जेसीज भित्र उनको नेतृत्वको पह्ुँच पनि प्रभावकारी नहुने बताईएको छ ।
यसैवीच दमक जेसीजको नेतृत्व सर्वसम्मत बनाउन अग्रजहरुले पहल गरेपनि हालसम्म सहमती बन्न सकेको छैन् । सहमती जुटाएर नेतृत्व चयनम देखिएको सकसका कारण आगामी नेतृत्व चयन मतदानबाट नै टुङिने अडकल गर्न थालिएको छ ।
निर्वाचन तालिका सार्वजनिक
यसैवीच दमक जेसीजको नयाँ नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । निर्वाचन सम्पन्न गर्न पूर्व अध्यक्ष रेगिना भट्टराईलाई प्रमुख निर्वाचन आयुक्त तोकेको छ । निर्वाचन कार्यक्रम अन्तगर्त पुस १५ गते मतदाता नामावली प्रकाशन,१६ गते दावी विरोध, त्यही दिन उम्मेदवारी दर्ता, १७ गते उम्मेदवारको तालिम ,अन्तवार्ता र १८ गते ककससहित मतदान सम्पन्न हुने सार्वजनिक कार्यतालिकामा उल्लेख छ । १५ र १६ गतेका सवै निर्वाचन कार्यक्रम जेसीज सचिवालयमा, १७ गतेका कार्यक्रम संगम स्वीट्सको सभाहलमा र १८ गतेका सवैं कार्यक्रम भने मेची सहकारीको सभाहलमा हुने प्रमुख निर्वाचन आयुक्त रेगिना भट्टराई प्रसाईले जानकारी दिईन् ।






















































