काठमाडाैं : माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ अध्यक्ष बनाइएकाे खण्डमा मात्रै माअाेवादी केन्द्र र एमालेबीच एकता हुने भएकाे छ ।
माअाेवादी केन्द्रकाे बैठकले प्रचण्डलार्इ अध्यक्ष बनाएमात्रै एमालेसँग एकता गर्ने निष्कर्ष निकालेकाे छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा अाेली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्ने समझदारी भएकाे थियाे ।
तर पछिल्लाे कालमा प्रधानमन्त्री र अध्यक्ष एउटै व्यक्ति हुनुपर्ने भन्दै एमालेले अडान राखेकाे छ । यही कारण हाल दुर्इ दलबीचकाे एकतामा खटपट भइरहेकाे छ ।
विहीबार बसेकाे माअाेवादी केन्द्रकाे बैठकले प्रचण्डलार्इ पार्टी अध्यक्ष नबनाइए पार्टी एकता हुन नसक्ने बताए । पार्टी एकताका लागि दुवै दल जिम्मेवार बन्नुपर्नेमा बैठकले जोड दिएको छ । बैठकमा एकतापछिको पार्टी अध्यक्ष प्रचण्डलाई बनाउनुपर्नेमा माओवादीका नेताहरु एकमत भएका छन् ।
नेता टोपबहादुर रायमाझीले दिएको जानकारी अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउन आफूहरु तयार भएको तर तत्काल पार्टी एकता गरेर प्रचण्डलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिइएको छ ।






















































