माङसेबुङमा किरात राई यायोक्खा

नयाँ बुलन्द

इलाम : किरात राई यायोक्खा जिल्ला समिति इलामको निर्देशन अनुसार  माङ्सेबुङ गाउँपालिकाको सबै वडामा वडा समिति गठन भएको छ ।

किरात राई यायोक्खा इलामका सदस्य तथा बाँझो र साक्फारा इन्चार्ज रीपल खम्बुको प्रमुख अतिथ्या र माङ्सेबुङ ६ का वडा अध्यक्ष प्रदीप राई, वडा सदस्य मनिसा राई, बाँझोका पूर्व अध्यक्ष रत्न राई सहितको उपस्थितमा समिति गठन सम्पन्न भएको हो ।

साथै तत्काल माङसेबुङ गाउँपालिकाको अधिबेशनको तयारी समेत सुरु भएको छ ।

नयाँ संरचना अनुसार विभिन्न छलफलहरु व्यापक गरि अधिबेशनको तयरी सुरु भएको किरात राई यायोक्खा माङ्सेबुङ गाउँपालिका प्रचारप्रसार समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार