लिबि मञ्‍च मरब क्याम्पस अध्यक्षमा शुक्रराज निर्वाचित

अतित याेङहाङ

इलाम : लिम्बू विद्यार्थी मञ्च शाखा कार्यसमिति महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामकाे ११ अाैँ अधिवेशन तथा मुखपत्र फक्ताङलुङकाे अाठाैँ अंक विमाेचन कार्यक्रम मंगलबार सम्पन्न भएकाे छ । अधिबेशनले शुक्रराज लिम्बूकाे अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।

कार्यसमितिकाे उपाध्यक्षमा सर्मिला लिम्बू, चन्द्र याेङहाेङ, सचिवमा पुरन साँबा, सहसचिवमा जिबिका सम्बाहाङफे र काेषाध्यक्षमा दिपा लिम्बू चयन गरेकाे छ । त्यस्तै  सदस्यहरुमा कामना नेम्बाङ, भावना पालुङवा, बरुणा नेम्बाङ, कला चेम्जाेङ, रुपा चेम्जाेङ, साबित्रा लिम्बू, धनकुमारी लिम्बू, गंगा पत्रे, शान्ता तुम्बाहाङफे र सर्मिला नेम्बाङ रहेका छन् ।

लिम्बू विद्यार्थी मञ्च मरब क्याम्पसका कार्यवाहक अध्यक्ष सन्ताेष लिङदमकाे अध्यक्षता एवम् केन्द्रीय कार्यसमितिका महासचिव सुबास खुदाङकाे प्रमुख आतिथ्यतामा मा सम्पन्न भएकाे कार्यक्रममा फक्ताङलुङ पुस्तककाे टिप्णनी क्याम्पसका पूर्व क्याम्पस  प्रमुख एवम् इलामका इतिहासविद युद्धप्रसाद वैद्यले गरेकाे थियाे । कार्यक्रममा मञ्चका केन्द्रिय सचिव याेबाहाङ लिम्बू, सचिव बिक्रम शेर्मा, किरात याक्थसङ चुम्लुङका केन्द्रीय सदस्य यामप्रसाद लिम्बू, इलामका सहसचिव याम माबाेहाङ, सदस्य देवकुमारी लिम्बू,  अादिवासी जनजाति महासंघ इलामका अध्यक्ष चक्र येक्तेन अभिषेक, क्याम्पस प्रमुख रामप्रसाद गुरागार्इँ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार