अतित याेङहाङ
इलाम : महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा आइतबारदेखी रत्न-कटक समृती अन्तर संकाय भलिबल प्रतियाेगिता शुरु भएकाे छ । अनेरास्वियु र अखिल क्रातिकारी मरब क्याम्पस इलामकाे संयुक्त अायाेजना रहेकाे प्रतियाेगितामा क्याम्पसमा अधययनरत छात्र ५ र छात्रा ५ गरी जम्मा १० टिमकाे सहभागिता रहेकाे अायाेजकले जनाएकाे छ ।
प्रतियाेगिताकाे पहिलाे खेलमा छात्रतर्फ बि बि एस दास्राे वर्षले बि एड तेस्राे वर्षलार्इ तस्तै छात्रातर्फ बि एड पहिलाे वर्षले बि बि एस दास्राे वर्षलार्इ हराउँदै खेलकाे दाेस्राे चरणमा प्रवेश गरेका छन् । प्रतियाेगितामा विजेता र उपविजेता टिमले नगद सहित ट्रफि मेडल र प्रमाण पत्र पाउने अायाेजकले जनाएकाे छ । प्रतियाेगिताकाे फाइनल पाैष १२ गते हुनेछ ।
विगतका वर्षहरुमा अनेरास्वियुले साेही क्याम्पसमा रत्न स्मृति भलिवल प्रतियाेगिता सञ्चालन गर्थ्याे भने अखिल क्रान्तिकारीले कटन स्मृति भलिवल प्रतियाेगिता साेही क्याम्पसमा अायाेजना गर्दै अाएकाेमा यस वर्ष भने देशमा एमाले र माअाेवादीकाे वाम गठबन्धन भएसँगै जसका भातृ संगठनहले पनि संयुक्त रुपमा प्रतियाेगिता अायाेजना गरेकाे अनेरास्ववियु क्रान्तिकारी मरव क्याम्पसका संयाेजक एवम् अायाेजकदलका विपिन लिम्बुले जानकारी गराए ।
प्रतियाेगिताकाे उद्घाटन समाराेह अनेरास्ववियु मरव क्याम्पस कमिटिका अध्यक्ष मानवहादुर गुरुङकाे अध्यक्षता एवम् विद्यार्थी इन्जार्ज नवराज शंकरकाे प्रमुख अाथित्यतामा भएकाे थियाे । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शन्धिभक्त श्कर, जिल्ला अध्यक्ष प्रकाश परियार, वाइ सि एलका विक्रम लिम्बू, अनेरास्ववियुका जिल्ला उपाध्यक्ष प्रवेश पराजुली, सचिव सुशिला रिसाल, समाजवादी विद्यार्थी फाेरम मरव क्याम्पसका अध्यक्ष रामकुमार लिङदम, मरव क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद गुरागार्इँ, सहायक क्यामपस प्रमुखहरु प्रेमप्रसाद लुइटेल, पूर्णप्रसाद ढुङ्गाना लगायतकाे उपस्थिति रहेकाे थियाे ।