चुलाचुलीमा समाजवादी महिला फोरम

नयाँ बुलन्द

चुलाचुली : इलामको चुलाचुलीमा संघीय समाजवादी फोरम नेपालको भातृ संगठन संघीय समाजवादी महिला फोरमको गाउँपालिका स्तरीय समिति गठन भएको छ । शुक्रबार चुलाचुलीमा भएको पहिचान पक्षधर महिलाहश्रको भेलाले तुलमाया लिम्बूको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन गरेको हो ।

समितिका उपाध्यक्षमा निर्मला मगर र धनकुमारी विश्वकर्मा, सचिव दिना पौडेल, सहसचिव कमला लिम्बू र कोषअध्यक्षमा निसा चेम्जोङ चयन भएका छन् ।

सदस्यहरुमा बिनु राई, सुनिता तामाङ, रबिना राई, सिर्जना राई, अनुजा राई, आइतामाया तामाङ, अनिसा मगर, माया लिम्बु, मनु लिम्बु, सानियम सोधेम्बो, बिस्नु लिम्बु, इन्द्र माया लिम्बु, बिमला लिम्बु, बिमला राई, रनमाया बिक, सम्झना लिम्बु, हर्कमाया लिम्बु, सबि खम्बु, मनु तामाङ, भिमकुमारी लिम्बु, खिनामाया लिम्बु, आइतमाया साम्बा, उषा तामाङ, यामुना राई, चन्द्रमाया राई, उर्मिला मगर, सिर्जना तामाङ, पबित्र साम्बालगायत रहेका छन् ।

कार्यक्रम समाजवादी महिला फोरमका लिम्बुवान प्रदेश समिति ससहसचिव रीपल खम्बूको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रदेश सदस्य सबिना राई, संघीय समाजवादी फोरम नेपालको दमक १० टोल सदस्य सजन राई, संघीय समाजवादी महिला फोरम चुलाचुली गाउँपालिका सदस्यहरु बिनु राई र रबिना राई लगायतको उपस्थिती रहेको थियो । अन्य गाउँपालिकाहरुमा समेत तत्काल समाजवादी महिला फोरमको समिति विस्तार गरिने खम्बूले नयाँ बुलन्दलाई जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार