नयाँ बुलन्द
पाँचथर : पाँचथरको फिदिममा शुक्रबारदेखि नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी ११ ले विजयी सुरुवात गरेको छ । ब्वाइज युनियन काठमाण्डौँलाई ३-० गोलको अन्तरले पराजित गर्दै सुनसरी विजयी भएको हो ।
सुनसरीका लागि खेलको तेश्रो मिनेट र ३३ औँ मिनेटमा तिर्थ बस्नेतले गोल गरे । यस्तै दोश्रो हाफको २० औँ मिनेटमा सुनसरीका लागि साजन याख्खाले तेश्रो गोल गर्दै विजय सुनिश्चित गरे ।
प्रतियोगिताको म्यान अफ दी म्याच २ गोल गरेका सुनसरीका बस्नेत घोषित भए । प्रतियोगिता अन्तर्गत शनिवार विर्तामोड युनाइटेड झापा र मिसन युनाइटेड ताप्लेजुङवीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लवले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले गरेका थिए । प्रतियोगिताको फाइनल खेल आगामी १६ पुसमा हुने आयोजक फिदिम स्पोर्टिङ क्लवले जानकारी दिएको छ । जिल्लाकै सर्बाधिक लोकप्रिय फुटबल प्रतियोगिताको बिजेताले नगद तीन लाख र उपबिजेताले नगद दुई लाख प्राप्त गर्नेछन् ।