इलाममा तीन दिने जिज्ञासोन्मुख प्रदर्शनी हँदै

सुजता सुनुवार

इलाम : इलाममा तीन दिने जिज्ञासोन्मुख प्रदर्शनी कार्यक्रम हुँदैछ । जिल्लाको जुविलेन्ट इलाइट एकाडेमी वोर्डिङ्ग स्कुलले पुस शुक्रबारदेखि विद्यालयको वार्षिक उत्सवको अवसरमा तिन दिने जिज्ञासोन्मुख प्रदर्शनी कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

सैद्धान्तिक शिक्षणविधि भन्दा व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ । किताबमा विद्यार्थीले पढेका कुरालाई प्रदर्शनी मार्फत प्रत्यक्ष रुपमा देख्न पाउने आयोजकले नँयाबुलन्दलाई जानकारी दिएको छ ।

कार्यक्रमको पहिलो दिन आन्तरिक कार्यक्रम हुने विद्यालयका प्रिन्सिपल भूसन सुब्बाले जानकारी दिए । उनका अनुसार दोस्रो दिन जिज्ञासोन्मुख प्रदर्शनी कार्यक्रममा विभिन्न जातजातिका सास्कृतिक नृत्य तथा लोकदोहोरी प्रस्तुत गरिनेछ ।

यस्तै प्रदर्शनीमा जातिय गरगहना पोशाक तथा लोप हुन आटेका बाजागाजा साथै प्रयोग गरिएका पौराणिक भाडावर्तनहरुको प्रदर्शनी गरीने कार्यक्रम रहेको छ । हिमाल पहाड तराईको जनजीवन र सस्कार संस्कृती समेत झल्काइने छ । यस प्रदर्शनीमा बाह्य पर्यटकले पनि कार्डका माध्यमबाट अवलोकन गर्न पाउनेछन् ।

यस्तै गरी नेपालका विभिन्न ३५ जातजातिका खानाका परिकार पनि राखिने छ । र अन्तिम दिन प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरिनेछ । अन्तिम दिनको कार्यक्रममा अन्य इच्छुक विद्यालयले समेत भाग लिन पाउनेछन् । निजी भन्दा पनि सरकारी विद्यालयले सहभागी हुन पाउने आयोजकको भनाई छ ।

विद्यालयले प्रत्येक वर्ष २५ वटा कार्यक्रम निरन्तर गर्दै आएको छ । यस वर्ष भने सदाका वर्षमा भन्दा पृथक कार्यक्रम गरिएको हो । हाम्रो संस्कृति हाम्रो गौरव भन्ने नाराका साथ सञ्चालन हुने यो कार्यक्रम विभिन्न संस्कृतिको संरक्षण सम्वर्धन गर्नका लागी महत्वपूर्ण रहनेछ । वि. सं. २०६५ सालमा स्थापना भएको यस विद्यालयले आफ्नो वार्षिक उत्सवको अवसरमा कार्यक्रम गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार