झापा : झापाको दमकमा सञ्चालित गायत्री बिद्या पिठले शिक्षा ऐन विपरित अराजक र अनैतिक गतिबिधि गरेको भन्दै विद्यालयका संचालक गणेश प्रधानलाई नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध संगठन अखिल क्रान्तिकारी झापाले कालोमोसो दलेर कार्बाही गरेको छ ।
अखिल क्रान्तिकारीले एक विज्ञप्ती जारि गर्दै पैसा र बलको आडमा घटनालाई गुपचुप राखेर दबाउन खोजिएको कारण चेतावनी स्वरूप प्रधानलाई कालोमुसो दली कारवाही गरिएको जनाएको छ ।
झापा दमकको गायत्री बिद्या पीठमा अध्यनरत एक बालिकामाथि शिक्षकले अभद्र रुपमा मानसिक तथा शारीरिक यातना दिएको खुलासा भएको थियो । १४ बर्षिया बालिका कुसम निरौलाको अवस्था कुटपीटपछि दयनीय बनेको थियो ।
बिद्यालयका शिक्षकले बिद्यार्थीलाइ चरम यातना दिएको केहि दिनपछि मात्र यो रहस्य सार्वजनिक भएपछी गायत्री बिद्या पीठका शिक्षक भुटानी नागरिक प्रनय दुतराजलाई अखिल क्रान्तिकारीले कालोमोसो दली कारवाही गरेको जनाएको छ ।
उक्त घटनाको बारेमा पीडित परिवारले दमकमा पत्रकार सम्मेलन गरेर घटनाको बिषयमा जानकारी गराएको थियो । यसभन्दा अगािड पनि यस बिद्यालयमा यिनै बालिकामाथि दूब्र्यवहार भएको विषय पनि गुपचुप गराइएको स्रोतले जनाएको छ ।