जोगीचौनमा स्वास्थ्य शिविर

नयाँ बुलन्द

झापा : झापाको कमल गाउँपालिका र गौरादह नगरपालिकाको १ नम्बर वडा स्थित जोगीचौनमा सोमबार लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ ।

दमकस्थित विभिन्न स्वास्थ्य संस्थाहरुको सहयोग र स्थानीय दुग्ध उत्पादक सहकारी संस्थाको व्यवस्थापनमा बिहान ७ बजेदेखि शुरु गरेको शिविर बेलुकी अबेरसम्म चलेको थियो ।

सो शिविरमा त्यस भेगका करिब ४ सय जना सर्वसाधारणले स्वास्थ्य जाँच तथा परामर्श सेवा लिएका छन् । कमल गाउँपालिका वडा नं २, ३ र ४ सहित गौरादह नगरपालिका वडा नं १ का सर्वसाधारणहरुले सो सेवा लिएको अर्का स्थानीय इन्द्र श्रेष्ठले बताए ।

सो स्वास्थ्य शिविरमा एडभान्स हस्पिटल दमक, डेल्फि स्कीन हस्पिटल, ऊँ शान्ति डेन्टल हस्पिटल, पाथीभरा आई केयर सेन्टर दमक र दमक फार्मेसीले सहयोग पुर्याएको आयोजक क्लबका अध्यक्ष रुद्र गौतमले जानकारी दिए ।

शिविरमा वरिष्ठ फिजिसियन डाक्टर सन्तोष सुवेदी, छाला रोग विशेषज्ञ डा. दिपक घिमिरे, आँखा रोग विशेषज्ञ डा. पदम क्षेत्री , दन्त रोग विशेषज्ञ डा. हेमराज गैरे लगायतको टिमले स्वास्थ्य जाँच सेवा प्रदान गरेका थिए । दमक फार्मेसीले शिविरमै रगत परीक्षणको व्यवस्था मिलाएको थियो । लायन्स क्लबका जोन चेयर पर्सन बबरजंग थापा, पूर्व अध्यक्ष रामचन्द्र बराल लगायतले सो क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार