पाँचथर : निर्वाचनको अघिल्लो दिनसम्म मतदाता शिक्षाको रटान लगाउने निर्वाचन आयोगले निर्वाचन सकिएपछि अर्को निर्वाचनको मुखमा मात्रै गर्ने गरेको मतदाता शिक्षाको खर्च ‘बालुवा पानी’ बन्ने गरेको छ ।
पाँचथरमा प्रत्यक्षतर्फको प्रतिनिधि र प्रदेश सभामा भन्दा सामानुपातिकमा बढी मत बदर भएको छ । प्रत्यक्षतर्फको प्रतिनिधि सभामा ५ हजार ७ सय ३१ मत वदर भएको छ भने र प्रदेश क मा २ हजार एक सय ७३ र ख मा २ हजार ४ सय ७९ मत वदर भएको छ । भने समानुपातिक तर्फ प्रतिनिधि सभा सभामा ९ हजार एक सय ४० र प्रदेश सभामा ६ हजार एक सय ९१ मत वदर भएको छ ।
मतदाता शिक्षाको लापारबाहीले गर्दा धेरै मत बदर भएको छ । प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा प्रत्यक्षतर्फ ७७ हजार ९ सय १३ मत खसेकोमा ७२ हजार एक सय ८२ मत मात्र सदर भएको थियो । जहाँ वदर मतको प्रतिशत ७ दशमलव ३५ हुन आउँछ । त्यस्तै प्रदेश क मा ४१ हजार ५ सय ८१ मत खसेकोमा सदरमत ३९ हजार ४ सय ८ रहेको थियो जहाँको वदर मतको प्रतिशत ५ दशमलव २२ प्रतिशत हुन्छ । प्रदेश ख मा ३६ हजार एक सय ५६ मत खसेकोमा २ हजार ४ सय ७९ मत वदर भइ कुल ३३ हजार ६ सय ७७ मत सदर भएको थियो जहाँको वदर प्रतिशत ६ दशमलव ८५ प्रतिशत छ ।
सामानुपातिक तर्फ प्रतिनिधिमा भन्दा प्रदेशसभातर्फ बढी मत बदर भएको देखिएको छ । सामानुपातिकको अन्तिम मत परिणाम सार्वजानिक हुँदा बदर मतले तेस्रो स्थान ओगटेको छ । सामानुपातिकमा काँग्रेस र एमालेले प्राप्त गरेको मत पछि तेस्रो स्थानमा बदर मतको संख्या रहेको छ ।
पाँचथरमा प्रतिनिधि सभा तर्फ ११ दशमलव ७२ प्रतिशत मत वदर भएको छ । जहाँ खसेको ७७ हजार ९ सय ७७ मत मध्ये ९ हजार एक सय ४० मत वदर भएको थियो भने प्रदेश सभा क तर्फ समानुपातिकमा कुल खसेको ४१ हजार ७ सय ६५ मत मध्ये ६ हजार एक सय ९१ मत वदर भएको थियो जसको वदर प्रतिशत १४ दशमलव ८२ प्रतिशत हुन आउँछ भने प्रदेश ख मा सवै भन्दा वढी प्रतिशत मत वदर भएको छ । जहाँ खसेको ३६ हजार २ सय १२ मत मध्ये ६ हजार ५ सय ५६ मत वदर भएको जिल्ला निर्वाचन अधिकृत धु्वकुमार राईले वताए ।
यति धेरै मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी नहुनुलाई प्रमुख कारण मानिएको छ । जसमा मतदाता शिक्षामा प्रभावकारी सिकाइ नहुनु र सबै दल तथा गठबन्धनहरुले सचेतना जगाउन नसक्नुले प्रत्यक्षमा भान्दा सामानुपातिकमा बढी मत बदर भएको वताइन्छ ।
गठबन्धन निर्माणका कारण कतिपय मतदाता झुक्किएर मत बदर भएको पाइएको छ । जिल्लाका एक सय ६५ मतदान केन्द्रमा एक/एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको थियो र उनीहरुले करिब १५ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका थिए ।






















































