बिर्तामोड, पूर्वाञ्चल र सुरुङा विजयी

नयाँ बुलन्द

झापा : कमल गाँउपालिका–५ स्थित गुहेश्वरी खेल मैदानमा जारी रहेको चौथो अन्तराष्ट्रिय भेट्रन फूटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा बिर्तामोड, पूर्वाञ्चल र सुरुङा भेट्रन क्लव विजयी भएका छन् ।

शनिवार सम्पन्न खेलमा बिर्तामोड भेट्रनले बंगलादेशको बागोटा ओनाली अतिथ पाहुना टिमलाई ४–० ले हराएको थियो । खेलको म्यान अफ दि म्याच बिर्तामोडका तर्फबाट २ गोलकर्ता खेलाडी गणेश कन्दङवा घोषित भए ।

यसैगरि दोश्रो खेलमा काकड्भिट्टा भेट्रन क्लवका विरुद्ध पूर्वाञ्चल भेट्रन क्लवलाई वाकओभर दिएर विजयी घोषणा गरिएको थियो । त्यस्तै तेश्रो खेलमा आयोजकलाई ट्राइबेकरमा हराउदै सुरुङा भेट्रन क्लव विजयी भएको थियो । निकै प्रतिष्पर्धात्मक भएको खेलमा खेल अवधि भरि दुवै टिमले २÷२ गोल गरेपछि खेल ट्राइबेकरमा परिणत भएको थियो । सो खेलमा सुरुङाका होमबहादुर नेम्बाङ म्यान अफ दि म्याचबाट पुरस्कृत भए । म्यान अफ दि म्याचका तीनै खेलाडीलाई नगद, ट्रफि तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।

यसैगरि आज आइतवार समेत ३ खेल हुने छन् । पहिलो विहान ११ ः ३० को खेल भारत केरलाको पाहुना टिम जिमखना फूटबल क्लव र मोरङ राजघाट भेट्रन क्लव, १ः ३० वजेको दोश्रो खेलमा सिएमजी विराटनगर र विर्तामोड भेट्रन र ३ ः ३० वजेको अन्तिम तेश्रो खेलमा इलाम र पूर्वाञ्चल भेट्रन क्लव प्रतिष्पर्धा गर्ने आयोजक संस्था दमक–लखनपुर भेट्रन क्लवका कोषाध्यक्ष समेत रहेका व्यवस्थापक प्रेमकुमार पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा नेपालसहित वंगलादेश, भारतका विभिन्न क्लव गरि १४ वटा टिम सहभागी छन् । स्व.मेजर टंक राईको स्मृतिमा शुरु भएको सो प्रतियोगीतामा विजेता, उपविजेताले क्रमशः नगद रु १ लाख एक हजार १० र ४० हजार ४ सय ४ नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार