नयाँ बुलन्द
झापा : कमल गाँउपालिका–६ स्थित वाणी माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरि ५२ औ बार्षिकत्सव मनाउने भएको छ । आज आईतबारदेखि तीन दिन सम्म विभिन्न कार्यक्रम गरि बार्षिकत्सव मनाउन लागेको विद्यालयले जनाएको छ ।
विद्यालय पूर्व प्रधानाध्यापक तिर्थबहादुर थापाका अनुसार पहिलो दिन विद्यार्थीहरुवीच फूटबल, भाले जुधाई, दोश्रो दिन हाजिरीजवाफ,नृत्य प्रतियोगिता, अभिभावकहरुवीच कुर्सी दौड, हण्डिफुटाउने प्रतियोगिता सञ्चालन हुने छन् ।
त्यसैगरि समापनका दिन विद्यालयले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु,पूर्व प्रअहरु,दिर्घ सेवा गर्ने शिक्षकहरु,उच्च मावि सञ्चालनका लागि सहयोग पुर्याँउने दाताहरुलाई समेत सम्मान गरिने कार्यक्रम रहेको पूर्व प्रअ थापाले जानकारी दिए ।






















































