जुवा खेल्दै गरेका छ पक्राउ

नयाँ बुलन्द

झापा : जुवातास खेलिरहेको अवस्थामा झापाको दमक–७ स्थित हाटखोलाबाट आइतबार साँझ ६ जना पक्राउ परेका छन् । स्थानीय कर्ण बहादुर राईको घरमा जुवाँतास खेली खेलाई रहेको अवस्थामा दमक प्रहरीले छापा मारेर ३ वुङ तास, नगद रु ७० हजार १ सय ३० रुपैयासहित ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यसरी पक्राउ पर्नेमा दमक – ७ का ३४ बर्षिय प्रविण राई , २७ बर्षिय कोक नारायण लामगादे , ३३ बर्षिय बिजु नेपाल ,३५ बर्षिय कर्णबहादुर राई , ३० बर्षिय खेमराज लामिछाने ,३१ बर्षिय अमित तामाङ्ग र ३९ बर्षिय जीवन पाठक रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए । पक्राउ परेका विरुद्ध जुवा ऐन अनुसार मुद्धा दर्ता गरिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार