कैलाली-१ मतगणना : बाम २ हजार, रेशम चौधरीको १७ हजार

कैलाली : राष्ट्रिय जनता पार्टीका नेता रेशम चौधरी बाम गठबन्धनका उम्मेदवार गरिमा साहलाई भारी मतले पछि पारेका छन् ।

पछिल्लो अपडेट अनुसार चौधरीले १७ हजार ७ सय ९१ मत पाएका छन् । तर बाम गठबन्धनबाट एमाले उम्मेदवार साहले भने २ हजार ८ सय १९ मत मात्रै पाएका छन् ।

यसैगरी नेपाली कांग्रेसका इश्वरी न्यौपानेले २ हजार ८ सय १५ मत पाएका छन् । कैलाली–१ मा चौधरीले बाम गठबन्धनका उम्मेदवारलाई ठूलो मतान्तरले जित्ने पक्का भएको छ । उनी केही समयअघि मात्रै राजपामा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार