कृष्ण सिटौलालाई १३ हजार मतान्तरले हराउँदै लिङ्देन विजयी

झापा : झापा क्षेत्र नम्बर ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

१३ हजार मतान्तरले हराउँदै लिङ्देन निर्वाचित भएका हुन् । लिङ्देनले ४४ हजार ६ सय १४ मत पाए भने सिटौलाले ३१ हजार १ सय ५६ मत ल्याए । लिङ्देनलाई एमाले–माओवादी गठबन्धनले साथ दिएको थियो ।

प्रदेशतर्फ एमालेका वसन्त बानियाँ र माओवादी केन्द्रका पूर्णसिंह राजवंशी विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार