सर्वाधिक मतसहित झापा ५ बाट ओली निर्वाचित

झापा : यो निर्वाचनमा विजयीमध्ये सर्वाधिक मत ल्याएर एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका छन् ।

ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी काङ्ग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका छन् ।

यस्तै, झापा क्षेत्र नम्बर ३ का काङ्ग्रेस उम्मेदवार कृष्ण प्रसाद सिटौलालाई पराजित गर्दै राप्रपाका नेता राजेन्द्र लिङ्देन विजयी बनेका छन् । बाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याएका छन् भने सिटौलाले ३१ हजार १ सय ७१ म्त प्राप्त गरेका छन् ।

झापाकै अर्को चर्चित क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट माओवादी नेता राम कार्की विजयी भएका छन् । उनले काङ्ग्रेसका युवा नेता विश्व प्रकाश शर्मालाई पराजित गरेका हुन् । कार्कीले ३६ हजार १ सय ७३ मत ल्याएका छन् भने शर्माले ३३ हजार ३ सय १० मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार