राम योङहाङ
इलाम : इलामको प्रतिनिधि र प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । दोस्रो थानमा कांग्रेसको मत छ ।
प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री एमालेका विरष्ठ नेता झलनाथ खनाल र क्षेत्र नम्बर २ मा पूर्वसभामुख एमाले नेता सुवासचन्द्र नेम्बाङ निर्विचत भएका छन् ।
त्यस्तै प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ (१) मा एमालेकी खिनु लङ्वा लिम्बू, १ (२) मा एमालेकै काजीमान कागते, २ (१) मा एमालेकै रामबहादुर मगर र २ (२) मा माओवादी केन्द्रका धिरेन्द्र शर्मा (रमण) निर्वाचित भएका छन् ।
निर्वाचनमा प्रतिष्पर्धामा रहेका सबै क्षेत्रका सबै उम्मेद्वार र प्राप्त मतपरिणाम यहाँ उल्लेख गरिएको छ ।
इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मदेवार र अन्तिम मतपरिणाम
- झलनाथ खनाल (बाम गठबन्धन-एमाले) : ३६८०५ निर्वाचित
- भुपेन्द्र कट्टेल (नेपाली कांग्रेस) : १९६३८ प्रतिष्पर्धी
- सुवास राई चौरासे (संघीय समाजवादी फोरम) : २०५९
- सुर्यकुमार गुरुङ (मंगोल नेशनल अर्गनाइजेशन) : १७१०
- सचेन घले (साझा विवेकशील पार्टी) : ८३०
- दिलप्रसाद नेम्बाङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : ४७१
- मानवीर लेप्चा (नयाँ शक्ति पार्टी) : ४३०
- ललितबहादुर थेवे (राष्ट्रिय जनमुक्ति पार्टी) : १७१
जम्मा मतदाता : १०१०६१
खसेको मत : ६४५१२
सदर मत : ६२११४
इलाम प्रदेशसभा क्षेत्र नम्बर १ को (१) का उम्मदेवार र अन्तिम मतपरिणाम
- खिनु लङ्वा लिम्बू (बाम गठबन्धन-एमाले) : १८६८६ निर्वाचित
- देवेन्द्रकुमार राई (नेपाली कांग्रेस) : ९३२७ उपविजेता
- लासाङ तामाङ (संघीय समाजवादी फोरम) : ११४८
- अमुम देव माक्रेहाङ (मंगोल नेशनल अर्गनाइजेशन) : ११३६
- भोजराज लामिछाने (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ७६२
- ठोमबहादुर गुरुङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : ३७६
- हरीबहादुर गुरुङ (नयाँ शक्ति पार्टी) : २५७
खसेको सदर मत : ३१६९२
इलाम प्रदेशसभा क्षेत्र नम्बर १ को (२) का उम्मदेवार र अन्तिम मतपरिणाम
- काजीमान कागते (बाम गठबन्धन-एमाले) : १७९८६ निर्वाचित
- दुर्गाकुमार बराल (नेपाली कांग्रेस) : १००२१ प्रतिष्पर्धी
- दीर्पादास राई (संघीय समाजवादी फोरम) : ९३७
- राजन चाम्लिङ (मंगोल नेशनल अर्गनाइजेशन) : ६५८
- राजेन्द्रकुमार लामिछाने (राष्ट्रिय प्रजातन्त्र पार्टी) : ५०२
- होमबहादुर लिम्बू (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : २५२
- रामप्रसाद संजेल (नयाँ शक्ति पार्टी) : १६१
- विष्णुबहादुर सुब्बा (देशभक्त जनगणतान्त्रिक मोर्चा) : १२५
जम्मा सदर मत : ३०६४२
इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मदेवार र अन्तिम मतपरिणाम
- सुवासचन्द्र नेम्बाङ (बाम गठबन्धन-एमाले) : ३६५१७ निर्वाचित
- केशव थापा (नेपाली कांग्रेस) : २६८६५ प्रतिष्पर्धी
- दीपककुमार योङहाङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : १७६१
- खड्गप्रसाद पालुङ्वा (राष्ट्रिय जनमुक्ति पार्टी) : १३०८
- कृष्णबहादुर खत्री (संघीय समाजवादी फोरम) : ११०६
- गलिन्द्र लिम्बू योङहाङ (मंगोल नेशनल अर्गनाइजेशन) : ४२७
- दलबहादुर राई (राष्ट्रिय जनता पार्टी) : १४९
- देपकुमार जवेगू (नयाँ शक्ति पार्टी) : ९५
- टंकमणी राई (देशभक्त जनगणतान्त्रिक मोर्चा) : ९१
- कुलबहादुर लिम्बू (राष्ट्रिय जनमोर्चा) : ७०
जम्मा मतदाता : १०२९८५
खसेको सदर मत : ६८३८९
इलाम प्रदेशसभा २ को (१) का उम्मदेवार र अन्तिम मतपरिणाम
- रामबहादुर मगर (बाम गठबन्धन-एमाले) : १९८३८ निर्वाचित
- डम्बरबहादुर खड्का (नेपाली कांग्रेस) : १६२८६ प्रतिष्पर्धी
- बखतबहादुर आङदेम्बे (संघीय समाजवादी फोरम) : २७५
- अम्बिका लिम्बू (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : २६४
- लछुमान राई माक्रेहाङ (मंगोल नेशनल अर्गनाइजेशन) : २३७
- नसीप राई (राष्ट्रिय जनता पार्टी) : १३६
- भक्तीदास राई (राष्ट्रिय जनमुक्ति पार्टी) : १०४
खसेको सदर मत : ३७१४०
इलाम प्रदेशसभा क्षेत्र नम्बर २ को (२) का उम्मदेवार र अन्तिम मतपरिणाम
- धिरेन्द्र शर्मा (बाम गठबन्धन-माओवादी केन्द्र) : १४७१६ निर्वचित
- खगेन्द्र देवान (नेपाली कांग्रेस) : ११०६५ प्रतिष्पर्धी
- थाङसाङ लावती (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : २२५४
- जयकुमार केरुङ (राष्ट्रिय जनमुक्ति पार्टी) : १४३२
- मणीबिक्रम लिम्बू (संघीय समाजवादी फोरम) : १३५७
- भुवानसिंह लिम्बू (मंगोल नेशनल अर्गनाइजेशन) : ३११
- लालबहादुर डाँगी (राष्ट्रिय प्रजातन्त्र पार्टी) : १८६
- खड्गबहादुर खालिङ राई (राष्ट्रिय जनता पार्टी) : १३३
- दीपकचन्द्र गौतम (देशभक्त जनगणतान्त्रिक मोर्चा) : १००
- रङ्गलाल तिम्सिना (ग्री पार्टी नेपाल) : ४४
- डिपेन्द्र बस्नेत (स्वतन्त्र) : १०
जम्मा खसेको सदर मत : ३१६०८






















































