इलाम १ मा झलनाथ खनाल पाँचौं पटक विजयी

राम योङहाङ

इलाम : इलाम क्षेत्र क्षेत्र नम्बर १ मा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल विजयी भएका छन् । नेकपा माओवादीको समर्थनमा बाम गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका खनाल ३६ हजार ८ सय ७ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलको १९ हजार ६ सय ३७ मत प्राप्त गरे । जीतको औपचारिक घोषणा हुन भने बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

खनालको यो पाँचौ पटकको जीत हो । खनालले यसअघि इलाम क्षेत्र नम्बर १ बाट २०४८ र २०५१ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तोयानाथ भट्टराई, , २०६४ को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका वेनुपराज प्रसाई र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै हिमालय कर्माचार्यलाई पराजित गरकेा थिए । २०५६ को संसदीय निर्वाचनमा भने खनाल कांग्रेसका प्रसाईसँग पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार