संघीय समाजवादीले खाता खोल्यो, अध्यक्ष यादव विजयी

सप्तरी : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सप्तरी क्षेत्र नम्बर २ उनले नेकपा माओवादी उमेशकुमार यादवलाई १० हजार ४० मतले पछि पारेका हुन् ।

उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत पाए । तेश्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५९ मत ल्याए । सप्तरी २ मा नेपाली कांग्रेस चौथो भयो ।

सकलदेव सुतिहारले ११ सय ५१ मत मात्र पाए । २०६४ र ७० को संविधानसभा चुनाव मोरङ र सुनसरीबाट लड्दै आएका यादव यो पल्ट पहिलो चोटी सप्तरीबाट चुनाव लडेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार