इलाम १ मा झलनाथ खनाल ७ हजार बढिले अगाडि (मत परिणामसहित)  

राम योङहाङ

इलाम : इलामको बिहीबार सम्पन्‍न प्रतिनिधिसभा क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

पछिल्लो परिणाम अनुसार बाम गठबन्धनका उम्मेद्वार झलनाथ खनालले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेल भन्दा ७ हजार ४ सय २४ मतले अगाडि छन् । २९ हजार ८ सय ५ मत गणना गरिसक्दा खनालले १६ हजार ७ सय ४६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी कट्टेलले ९ हजार ३ सय २२ मात्र पाएका छन् ।

त्यस्तै संघीय समाजवादी फोरमका सुवास राई (चौरासे) ले १ हजार १ सय ९४ मतका साथ तेस्रो स्थानमा छन् ।

इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मदेवार र प्राप्त मत

  • भुपेन्द्र कट्टेल (नेपाली कांग्रेस) : ९३२२
  • झलनाथ खनाल (बाम गठबन्धन-एमाले) : १६७४६
  • सुवास राई चौरासे (संघीय समाजवादी फोरम) : ११९४
  • ललितबहादुर थेवे (राष्ट्रिय जनमुक्ति पार्टी) : १०८
  • मानवीर लेप्चा (नयाँ शक्ति पार्टी) : १६०
  • सुर्यकुमार गुरुङ (मंगोल नेशनल अर्गनाइजेशन) : ७३५
  • सचेन घले (साझा विवेकशील पार्टी) : २००
  • दिलप्रसाद नेम्बाङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च) : १७१

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार