इलाममा बाम गठबन्धनको अग्रता कायमै (मत परिणामसहित)  

राम योङहाङ

इलाम : इलामको बिहीबार सम्पन्‍न प्रतिनिधिसभा एवम् प्रदेशसभाको सबै क्षेत्रमा संयुक्त बाम गठबन्धनले अग्रता कायमै राखेका छन् । सुरुवातदेखि नै अग्रता लिएको बामका उम्मद्वारले अग्रतालाई निरन्तरता दिएका छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र २ मा पूर्व सभामुख एवम् नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङ अगाडि छन् । क्षेत्र नम्बर १ मा खनालले १४ हजार ८ सय ५६ मत पाउँदा उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेल ८ हजार ४ सय ९० मतका साथ खनाललाई पच्छ्याएरहेका छन् । क्षेत्र नम्बर २ मा नेम्बाङले १६ हजार ३ सय १३ मत पाउँदा प्रतिष्पर्धी कांग्रेसका केशव थापाले ११ हजार ६ सय ९८ मतका साथ पच्छ्याइरहेका छन् ।

त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ को (१) मा नेकपा एमालेकी खिनु लङ्वा लिम्बू , १ को (२) मा नेकपा एमालेकै काजिमान कागते, क्षेत्र नम्बर २ को (१) मा नेकपा एमालेका रामबहादुर राना र २ को (२) मा नेकपा माओवादी केन्द्रका धिरेन्द्र शर्माले अग्रता लिइरहेका छन् ।

पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम यहाँ उल्लेख गरिएको छ ।

इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मदेवार र प्राप्त मत

  • भुपेन्द्र कट्टेल (नेपाली कांग्रेस) : ८४९०
  • झलनाथ खनाल (बाम गठबन्धन-एमाले) : १४८५६
  • सुवास राई चौरासे (संघीय समाजवादी फोरम) : ९६६

इलाम प्रदेशसभा क्षेत्र नम्बर १ को (१) का उम्मदेवार र प्राप्त मत

  • देवेन्द्रकुमार राई (नेपाली कांग्रेस) : ४४४२
  • खिनु लङ्वा लिम्बू (बाम गठबन्धन-एमाले) : ८३५३
  • लासाङ तामाङ (संघीय समाजवादी फोरम) : ८०५

इलाम प्रदेशसभा क्षेत्र नम्बर १ को (२) का उम्मदेवार र प्राप्त मतपरिणाम

  • दुर्गाकुमार बराल (नेपाली कांग्रेस) : ५५३५
  • काजीमान कागते (बाम गठबन्धन-एमाले) : ९७४९
  • दीर्पादास राई (संघीय समाजवादी फोरम) : २१९

इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मदेवार र प्राप्त मतपरिणाम

  • केशव थापा (नेपाली कांग्रेस) : ११६९८
  • सुवासचन्द्र नेम्बाङ (बाम गठबन्धन-एमाले) : १६३१३
  • दीपककुमार योङहाङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च) : ९६७

इलाम प्रदेशसभा २ को (१) का उम्मदेवार र मतपरिणाम

  • डम्बरबहादुर खड्का (नेपाली कांग्रेस) : ७१९८
  • रामबहादुर राना (बाम गठबन्धन-एमाले) : ८००५
  • बखतबहादुर आङदेम्बे (संघीय समाजवादी फोरम) : १४७

इलाम प्रदेशसभा क्षेत्र नम्बर २ को (२) का उम्मदेवार र मतपरिणाम

  • खगेन्द्र देवान (नेपाली कांग्रेस) : ४९१३
  • धिरेन्द्र शर्मा (बाम गठबन्धन-माओवादी केन्द्र) : ६८१५
  • थाङसाङ लावती (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च) : १०९७

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार