)राम योङहाङ
इलाम : इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले प्रतिष्पधर् भन्दा तीन हजार आठ सय ३६ मतले अग्रता कायम गर्न सफल भएका छन् ।
पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार नेम्बाङले १३ हजार ५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले ९ हजार १ सय ७१ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा दीपककुमार योङहाङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) ९ सय ६७ मत पाएका छन् । त्यस्तै दलबहादुर राई (राष्ट्रिय जनता पार्टी) १ सय १, कृष्णबहादुर खत्री (संघीय समाजवादी फोरम) ५ सय ९, कुलबहादुर लिम्बू (राष्ट्रिय जनमोर्चा) ३३, खड्गबहादुर पालुङ्वा (राष्ट्रिय जनमुक्ति पार्टी) २ सय ४७, देपकुमार जवेगू (नयाँ शक्ति पार्टी) ४५, गलिन्द्र लिम्बू योङहाङ (मंगोल नेशनल अर्गनाइजेशन) ७४ र टंकमणी राई (देशभक्त जनगणतान्त्रिक मोर्चा) ४६ मत पाएका छन् ।