पाँचथर : पाँचथरमा प्रतिनिधि सभाको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म करिब ६५ हजार मत गणना गरिएको छ । यहाँ ७७ हजार ८ सय ३ मत खसेका छन ।
हालसम्मको गणनामा नेकपा एमालेका बशन्तकुमार नेम्वाङ अग्र स्थानमा छन । उनले हालसम्म ३१ हजार ४ सय ७४ मत पाएका छन । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेले २२ हजार ३ सय २७ मत पाएका छन ।
अहिले सम्म गणना भएका मतमा एमाले र कांग्रेसका उम्मेद्वारको मत अन्तर ९ हजार १ सय ४७ हो । अव यहाँ करिब २२ हजार मात्रै मत गन्न वाँकी छ तसर्थ यहाँ एमालेका बशन्तकुमार नेम्वाङ विजयी हुने लगभग निश्चित भएको छ ।






















































