ताप्लेजुङमा बाम गठबन्धन विजयी

ताप्लेजुङ : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङका सबै सिटमा वाम गठबन्धनले विजय हासिल गरेको छ । ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा एमाले सचिव योगश भट्टराई निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको एउटा र र प्रदेशसभाका दुई क्षेत्रहरु रहेको ताप्लेजुङका सबै स्थानमा बाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रदेशसभातर्फ (क) मा एमालेका बलबहादुर साम्सोहाङ र (ख) मा माओवादी केन्द्रका टंक आङ्बुहाङ विजयी भएका छन् ।

एमाले नेता भट्टराई कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहाललाई १२५९१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले २९४७९ मत पाएका छन् भने दाहालले १६८८८ मत पाएका छन् ।

ताप्लेजुङको प्रदेशसभातर्फ क्षेत्र नम्बर (क) मा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लीला बोखिमलाई ४४४३ मतान्तरले पराजित गर्दै साम्सोहाङ विजयी भएका हुन् ।

विजयी साम्सोहाङको १५४१७ मत पाएका थिए । पराजित बोखिमले १०९७४ मत पाएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।

ताप्लेजुङको प्रदेशसभा (ख) मा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका टंक आङ्बुहाङ विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी कांग्रेसका दीपेन्द्रकुमार सेन्दाङलाई ४६११ मतले पराजित गर्दै विजयी बनेका हुन् । विजयी आङ्बुहाङले १२१९८ मत प्राप्त गगरेका छन् भने कांग्रेसका सेन्दाङले ७५८७ मत प्राप्त गरे ।

विजयी आङ्बुहाङ यस अघि ६३ सालमा माओवादी केन्द्रका तर्फबाट अन्तरिम सांसद थिए । त्यसपछि भएका दुईवटा संविधानसभाको निर्वाचनमा उनी पराजित भएका थिए । यसपालि उनी केन्द्रको राजनीति छाडेर प्रदेशमा झरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार