पाँचथरमा बामका नेम्वाङको अग्रता बढ्दै

नयाँ बुलन्द

पाँचथर : पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा बाम गठबन्धनका उम्मेद्वार वसन्तकुमार नेम्वाङले आफ्नो अग्रता अझै बढाएका छन् । २९५१७ मत गणना हुँदा नेम्वाङले १४४२५ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक गठबन्धनका भीष्मराज आङ्देम्बेले १०७७५ मत प्राप्त गरेका छन् । यस अघि प्रकाशित नतिजामा २७०६ मतले अघि रहेका नेम्वाङले पछिल्लो परिणामबाट ३६५० मतका साथ अग्रता गरिरहेका छन् । नेम्वाङको अग्रता क्रमश बढ्दो छ । पाँचथरमा एक लाख २५ हजार दुई सय १९ मतदातामध्ये ७७ हजार आठ सय तीन मत खसेको थियो ।
पछिल्लो परिणाम अनुसार संघीय समाजवादी फोरमका प्रेमराज लावतीले ५५१ मत, संघीय लिम्बुवान मञ्चका सागर केरुङले ५६८ मत, मालेका दीनानाथ घिमिरेले ४६० मत, राष्ट्रिय जनमुक्तिका भगिरथ लिम्बूले २५२, नयाँ शक्ति नेपालका दिलबहादुर लावतीले ३५ मत, राप्रपा प्रजातान्त्रिकका शान्तिमाया शिगु लिम्बूले १२४ मत, मंगोल नेशनल अर्गनाइजेशनका टोमराज थाम्सुहाङले २३ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार