पूर्वी नाका सील, चेकजाँचमा कडाई

पूर्वी प्रवेशद्धार काकड्भिट्टामा सुरक्षा जाँच गर्दे शसस्त्र प्रहरी

नयाँ बुलन्द

काकड्भिट्टा : यहि मसिंर २१ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर पूर्वी प्रवेशद्धार जिल्लाको काकड्भिट्टा नाका सिल गरिएको छ । सोमबार बेलुका ६ बजेबाट झापाका सवै सिमा नाका पूर्ण रुपमा सिल गरिएको झापाका प्रमुख जिल्ला अधिकारी क्रषिराम तिवारीले बताए ।\

झापाको पूर्वी नाका काकँडभिट्टा–पानीट्यांकी र भद्रपुर (गलगलिया बोर्डर)सहितका खुला नाकाहरू बन्द गरिएको छ ।

प्रशासनका अनुसार निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षाकर्मीले सोमबार बेलुका ६ बजेदेखि ७२ घण्टाका लागि सीमानाका सिल गरिएको छ । सोमबार बेलुका ६ बजेदेखि बिहीबार बेलुका ६ बजेसम्म झापाका सबै बोर्डर बन्द गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

तीन दिनसम्म सवारी साधनसहित कुनै पनि व्यक्ति आवतजावत गर्न नपाउने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । तर अतिआकस्मिक र व्यक्तिको संवेदनशीलता हेरेर प्रहरी, प्रशासनसँगको समन्वयमा आवतजावत गर्न भने दिइने प्रशासन कार्यालय झापाले जनाएको छ ।

बोर्डर सिल भए पनि भारतबाट नेपाल तर्फ आउने नेपाली मतदाताहरु उल्लेखीय रुपमा देखिएका छन् । उनीहरुलाई आवश्यक कागजात देखाएर सहज रुपमा नेपाल प्रवेश गराईराखिएको छ ।

त्यस्तै झापा सीमा क्षेत्रमा तैनाथ नेपाल तथा भारत दुवै देशका सुरक्षाकर्मीले निर्वाचनलाई लक्षित गर्दै झापाको खुल्ला सीमा क्षेत्रमा विशेष निगरानी बढाईरहेका छन् ।
भारतबाट नेपाल प्रवेश गर्ने र नेपालबाट भारत जाने नागरिक माथि कडा निगरानी बढाएको जनाइएको छ । साथै दुवै देशका सुरक्षाकर्मीले जिल्लाका विभिन्न स्थानमा संयुक्त रुपमा सीमा गस्ती समेत बढाएको छ । नेपालको तर्फवाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय एसएसबी, विहार तथा बंगला प्रहरीले सीमा सुरक्षामा निगरानी गरिरहेका छन् । निर्वाचन नजिकिएसँगै केहीदिन सीमा संयुक्त गस्ती बढाएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) बिष्णुकुमार केसीले जानकारी दिए । उनका अनुसार १५ जना सशस्त्र प्रहरी ९ जना नेपाल प्रहरी र १६ जना भारतीय एसएसबी र प्रहरी गरी ४० जनाको सुरक्षाकर्मीको टोलीले झापाका सीमा क्षेत्रमा नियममित गस्ती गरिराखेका छन् ।

संयुक्त गस्तीमा नेपालको तर्फबाट अधिकृत स्तरका प्रहरीको कमाण्ड रहने छ भने भारतीय तर्फवाट पानीटयाकी, गलगलिया, देवीगञ्ज, भातगाउ, ठाकुरगञ्ज, कादोगाउँ, डिगलबैक, लगायतका थाना इन्चार्जको कमाण्डमा हुने गरेका सुवेदीले बताए । झापामा मुख्य, सहायक, साना र रिफरेन्स गरि ९ सय ३ वटा स्तम्भ रहेको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार