आत्मनन्द रनिङ गोल्डकपको उपाधी यासोकलाई

नयाँ बुलन्द

माङसेबुङ (इलाम) : किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६४ औं जन्मोत्सवको अवसरमा माङ्सेबुङमा आइतवार सम्पन्न आत्मानन्द रनिङ गोग्ड कप फुटवल प्रतियोगिताको उपाधी पा“चथर यासोकको सर्वोत्तममुखी टिमले जितेको छ । मोरङको सगरमाथा फुटवल क्लबको चुनौती ६-२ गोलले समाप्त पार्दै यासोकले उपाधी माथि कब्जा जमाएको हो ।

यासोकका पुष्प मादेनले ह्याट्रिक गरे । उनले खेलको २८, ५६ र ५८ मिनेटमा गोल गरे । त्यस्तै टिमका लागि कर्ण लिम्बूले १२, विशाल राईले २६ र दिलन लोक्तमले ४२ मिनेटमा गोल गर्दै यासोकको जित सुनिश्चित पारे ।

मोरङकोतर्फवाट भुटान वस्नेतले दुई गोल गरे । उनले २५ र ४६ औं मिनेटमा गोल गर्नसफल बनेका थिए । राष्ट्रिय टिममा समेत सहभागिता जनाएका खेलाडी यासोक टिममा रहेको खेलमा मोरङको प्रयासले सफलता पाउन सकेन ।

जितसँगै यासोकले अघिल्लो संस्करणको जितलाई निरन्तरता दिन सफल भएको छ । गत वर्ष पलासे युवा समाज महमाईलाई हराउदै यासोकले आत्मानन्द गोल्डकप चुमेको थियो । सगरमाथा क्लब मोरङ पहिलो पटक सहभागि टिम हो ।

विजेता यासोकले १ लाख ५ हजार ६४ रुपैया“सहित ट्रफीमा कब्जा जमाएको छ । उप विजेताले ७५ हजार ६४ रुपयँ“मा चित्त बुझाउने छ । गोल्डकपको सर्वाेत्कृष्ट खेलाडी विजेता यासोकका कर्ण लिम्बू घोषित भए । प्रतियोगिताको उत्कृष्ट गोलकिपर विजेता यासोकका पूर्ण लिम्बू घोषित भए । उनलाई नगद सात हजार रुपैया प्रदान गरियो । वेस्ट डिफेन्डर यासोककै रमेश राजवंशी बने । उनीहरुले जनही नगद सात हजार प्राप्त गरे । त्यस्तै सर्वाधिक गोलकर्ता सगरमाथा क्लबका भुवन बस्नेत घोषित भयो । उनले नगद ७ हजार हात पारे ।

जिल्लाका ग्रामिण क्ष्ँेत्रमा हुने प्रतियोगितामध्ये व्यवस्थापन र धनराशीको हिसावले यो ठुलो हो ।

मंसिर ९ गते सुरु भएको प्रतियोगितामा पूर्वका आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा यस वर्ष सप्तकोशी फुटबल क्लब सुनसरी, रेड हर्ष इलाम, सगरमाथा क्लब मोरङ, ए.पि.एफ झापा, लेटाङ फुटबल क्लब मोरङ, ए. एफ. सी अर्जनधारा झापा, सर्वाेतम मुखी यासोक पान्थर र बि.बि. एफ.सी दमक सहभागि थिए ।

यहा“ गुरुको जन्मोत्सवको अवसरमा वर्षेनी फुटवल प्रतियोगिता सञ्चालन हुने गरेको छ । १२ लाख रुपैया“ खर्च अनुमान गरिएको प्रतियोगितामा खेलाडी खानबस्न लगायतका सेवा प्रदान गरिएको थियो । यस क्षेत्रमा फुटवल मोह उच्च भए पनि विकट र मैदान अभावमा आयोजकले समस्या भोग्नु परेको आयोजक समितिका अध्यक्ष मनकुमार आङवुहाङले बताए ।

खेलकुद विभाग किरात साम्यो हक्चात यक्चुमको संयोजनमा प्रतियोगिता सञ्चालन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार