मतदाताको आक्रोस थेग्न नसके पछि सुरक्षा थ्रेड भन्दै नेम्वाङ्ग काठमाण्डौ लागे

कुनै थ्रेड छैन : सुरक्षा निकाय

इलाम : मतदाताको घरघरमा पुग्दा यस अघि जितेर गएका २५ वर्ष के गर्नुभयो र तपाईलाई किन फेरी भोट दिने भनेर मतदाताले दिक्क लगाउन थालेपछि नेकपा एमालेका उपनेता तथा इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेद्धार सुवासचन्द्र नेम्वाङ सुरक्षा थ्रेड भन्दै काठमाण्डौ लागेका छन् ।

इलाम निर्वाचन क्षेत्र नम्वर दुइबाट उम्मेद्धारी मनोनयन दर्ता गराएर प्रचारप्रसारमा खटेका नेम्वाङमाथी यस अघि जितेर गएपनि सो क्षेत्रको विकास गर्न नसकेको भन्दै मतदाताहरुले प्रतिप्रश्न गर्न थालेपछि उनी एक्कासी काठमाण्डौ फर्किएका हुन् ।

सुरक्षा चुनौती छैन: सुरक्षा निकाय

सुरक्षाका दृष्टिले देशकै उत्कृष्ठ जिल्ला मानिदै आएको इलाममा सुरक्षा चुनौती नभएको जिल्ला स्थित सुरक्षा प्रमुखहरुले वताउँदै आएका छन् ।
उनी काठमाण्डौ लागेपछि जिल्ला सुरक्षा समितका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोख्रेललाई नेम्वाङको सुरक्षा थ्रेडबारे बुझ्दा जिल्लामा सुरक्षा चुनौती नरहेको र नेम्वाङलाई थ्रेडबारे आफु अनविज्ञ रहेको उनले वताए । उनी भन्छन् ‘इलाममा कुनै पनि उम्मेद्धारलाई सुरक्षाको कमी छैन, र हामी कुनै सुरक्षामा कमी हुन दिने छैनौ’ ।

त्यस्तै इलामका प्रहरी प्रमुख विपिन कर्मचार्यलाई बुझ्दा उनी आश्चर्यमा पर्दै यस्तो हुन नसक्ने वताउँछन् । इलाममा कुनै जनताको सुरक्षामा कमी हुन नदिएको र अव पनि इलाममा सुरक्षाको कमी हुन नदिने उनले वताए ।

पहिला विकास गर्ने भन्दै मत मागेपनि जितेर गएपछि विकास नगरेपछि आलोचित बनेका नेम्वाङ केहि दिनयता निरास देखिन्थ्ये । उनी घरदैलोमा पुगीसकेपछि सोहि क्षेत्रका मतदाता नेपाली कांग्रेस र अन्य पार्टीमा धमाधम प्रवेश गर्नथालेपछि उनी आत्तिएर भागेको एकथरीको आरोप पनि छ । इलाममा पटक पटक चुनाव जितेका नेकपा एमालेका नेता झलनाथ खनाल र नेम्वाडलाई जनताले काम नगरेको भन्दै आलोचना गर्ने गरेका छन् ।

खनालमाथिका आरोप

पशुपतिनगरबासीले खनालले दश गजामा छिमेकी मुलुकबाट गुम्बा निर्माण गर्दा नदेखेको र नसुनेको जस्तो गरेको, नेपाली भूमि मिच्दा बेवास्ता गरेको, भारतीय पक्षले दुख दिदा उनीहरुकै पक्ष पोषण गरेको, विकास निर्माणका काममा एमाले कार्यकर्ता र ठेकेदारलाई पोषेको, साखेजुङमा जापानी एजेन्सीको सहयोगमा खनालको घरजाने बाटो बनाउँदा भाइ दाताराम खनाल मार्फत आर्थिक हिनामिना गरेको, सुर्योदय नगरपालिकाको रिङ रोडका लागि पटक पटक ठुला रकम छुट्याएर कार्यकर्ता पोसेको तर काम नगरेको, तत्कालीन जिल्ला विकासका प्राविधिकलाई दवाव दिएर काम नै नगरी योजना फरफारक गराएको आरोप लगाएका छन् ।

नेम्बाङ्गमाथि लागेका आरोप

नेम्बाङले गैडे –महमाई सडकको नाममा कार्यकर्ता पोषेको, शीत भण्डार र सुकिलुम्बा विमान स्थल वेवारीसे बनाएको, जनताको समस्या समाधान गर्न केहि पनि नगरेको बताएका छन् । सो क्षेत्रको प्रतिनिधिसभामा केशव थापा प्रदेशसभा १ मा काग्रेसका डम्बर खड्का र प्रदेश २ मा खगेन्द्र देवान चुनावी मैदानमा छन् ।इलामको हरेक विकास निर्माणमा सगै रहेने काग्रेसका थापा, खड्का र देवानका छेउमा एमाले र वाम गठबन्धनका नेताको तुलनानै नहुने मतदाताहरुले बताउन थालेक छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार