उधौँली

सन्तोष नेम्बाङ ईलाम

उभौली (फाल्गुन–बैशाख) को बेला किसानहरुले रोपेका, छरेका अन्नबालीहरु उधौली याम (मंसिर–पौष) मा पाकेपछि आफ्नो पितृपुर्खाको स्मरणमा पूजाआराधना गर्दै सुखसंमृद्धीको कामना साथ आशिवार्द माग्दै उँधौली पर्व मनाइने गरिन्छ । यो पर्वलाई विशेुष गरी आदीवासी किरात समुदायका लिम्बु, राई, याक्खा र सुनुवारले मान्ने गरेता पनि अन्य समुदाले पनि छिटपुटरुपमा मान्ने गरेका छन्.। उभाँैलीमा किसानहरुले छरेका बिउविजनहरु उधाँैलीमा राम्ररी फलोस् फुलोस् , अन्नको सहहोस् , घामपानी मौसम मिलुन्, अन्नबाली उब्जनी स्थानलाई बाढी पहिरो,आँधीबेरीले नाश नगरुन्.भन्ने कामना गर्दै खेतीपातीको थालनी गरेका हुन्छन् । यिनै किसानहरुले आफ्ना पितृ तथा प्रकृतीलाई पुज्दै लगाएको अन्नबाली पाके पछि अन्न चढाउने वा अन्नपुज्ने परम्परा वा सस्कृतिलाई नै किरात समुदायले उधौँली पर्वको रुपमा मान्ने गर्दछन् ।

किरात समुदायले उँभौली र उधौली गरी बर्षमा दुई पटक यो पर्वलाई आ–आफ्ना मौलिक परम्मपरा रितीथिती एंव भौगोलिक स्थान विशेष अनुसार मान्ने गर्दछन् । यो पर्वलाई ऋतु परिवर्तनको आधारमा पनि छुट्याउने गरिन्छ । उधौँलीमा पैयुँ,आरु फुल्ने, लेकतिरका पशुपंक्षिहरु, नदिखोलाका माछाहरु गर्मि मौसममा जाडो छल्न बसाई सरी उधोँ बेसीतर्फ जाने वा झर्ने हुनाले पनि यो पर्वलाई उधौँली भन्ने गरिन्छ । यिनै सस्कृति,परम्पराहरु किरात समदायका आदीम पुर्खाहरुले आफ्नो मौलिक पहिचानहरुलाई मानव सभ्यताको विकास क्रमसगसँगै आफना दरसन्तानहरुलाई प्रंत्यक्ष÷अप्रत्यक्ष रुपमा हस्तान्तरण गर्न सक्षम भएकाले नै गर्दा वर्तमान्मा अवस्थामा किरात सभ्यता,दर्शन , इतिहास, धर्म, सँस्कृतीले जिवन्तता एंव निरन्तरता पाउन सकेको छ । सँस्कृतिको निरन्तर प्रयोग र अभ्यासबाट नै उधाँैली पर्वलाइ आजका लिम्बुपुस्ताहरुले चासोक तङनाम, राईले साकेला–सान्केवा, याक्खाले चासुवा र सुनुवारले फोलष्याँदर पिदारको रुपमा मान्ने गरेका छन् ।

किरात लिम्बु जातीको शास्त्रीय मुन्धुम अनुसार माङतागेरानिङवाफुमाङले मानव जातीका आदीम पुर्खा सावायेत्तहाङ लाई दिएको अन्नका बिउबिजनलाई किरात चेली सिबेराएःक्थुक्माले खोरिया फाडी उब्जनी गरेको अन्नलाई न्वागी पुजाको रुपमा विकसीत भएपछि उधाँैली पर्वले निरन्तरता पाउन थालेको जनविश्वास रहि आएको छ । अन्नबाली पाक्ने समयमा पर्ने यो पर्वलाई किरात लिम्बु समुदायले पाकेको अन्नपात परिवारले खानुभन्दा पहिला तागेरा निङवाफुमाङ , युमाथेवा, साम्माङ च्याङ, घरका ईष्ट देविदेवता, खोलानाला, वनजंगल , हिमाल पहाड आदीलाई पुजी मुन्धुम वाचन गर्दै पाकेको अन्नपात चढाउने गरिन्छ । जसलाई चासोक सेवा भनिन्छ । सम्पुर्ण देवि देवता तथा प्रकृतिको पुजा गर्ने क्रममा तिन राते धार्मिक अनुष्ठान (तङसिङ) गर्ने गरिन्छ । पाकेको अन्नबाली माङ तागेरा निङवाफुमाङसित खाने अनुमति माग्दै चासोक तङनाम पर्व मनाउने गरिन्छ । त्यसै गरी सामुहिक रुपमा नजिककैको नदी,खोेलाखोल्सिमा पुजाअर्चना गरी गाली श्राप बगाउने समेत गरिन्छ जसलाई साकमुरा वादेम्मा भनिन्छ ।

त्यसै गरी किरात याक्खा जातीले उधौली पर्वलाई चोसुवाको रुपमा मनाउने गर्दछन् । यी जातीले नयाँ अन्न बाली भित्रयाउने समयमा सालमा एक पटक योच्याङ गर्ने गर्दछन् । यो च्याङ वा चाडको मुलसार नै बितेर गएका आफ्ना पितृहरुलाई श्रदा, भक्तिपुर्वक स्मरण गर्दै नयाँ बालीलाई केलाई , पकाई ,चोखानितो गरी पहिले चढाउने र त्यस पछि मात्र आफु वा परिवारले ग्रहण गर्ने वा घरमा भित्राउने चाडको रुपमा लिने गरिन्छ । यसरी योच्याङ गरेमा पितापुर्खाहरुको शक्ति र आशिर्वादले अन्नबालीनाली प्रशस्त फल्ने , दैवि बिपत्ती नलाग्ने, अन्नपात सहरहुने, पारिवारिक सुखशान्ति कायम रहने बिश्वास रही आएको छ । बिषेश गरी चोसोवा च्याङ याक्खा जातीले मंसिरे पुर्णिमाका दिन वा उधौँलीमा गर्ने गर्दछन् । यो अनुकुल समय पारेर ब्याक्तिगत वा सामुहिक रुपमा घरभित्र ,बाहिर जहाँ पनि गर्न सकिन्छ । पुजारीकर्ता माङहाङवाले सुखसमृद्धीको आषिश ग्रहण गदैृ चोसुवा च्याङमा तयार पारेको पुजाका खाद्य सामग्रीहरुलाई प्रसादीको रुपमा बाडीखाने चलन छ ।

किरात राई समुदायले पनि यो पर्वलाई आफ्नै मौलिक परम्परा अनुसार साकेला÷ सान्केवाको रुपमा मनाउने गर्दछन् । बिशेष गरि पाकेको अन्नबाली थन्काउनु भन्दा पहिला आफ्ना पितृपुर्खाहरुलाई चढाएर मात्र आफुले उपभोग गर्ने मान्यता उनीहरुमा रहेको छ । यि समुदायको पुजारी नाकछोङ्गले प्रकृति तथा देवि देवता अर्थात सुम्निमा पारुहाङसंग सम्पुर्ण प्राणी जगतको रक्षाको निम्ती वरदान माग्दै धार्मिक अनुष्ठान गर्ने गर्छन् । आफुले छरेका विउ विजनहरु यसरीनै आगामी बर्षहरुमा पनि सप्रियोस, सहकाल आवोस, सुख शान्ति सवैमा छाओस भन्ने कामना गर्ने गरीन्छ ।

किरात सुनुवार जातिहरुले यो पर्वलाई फोलष्याँदर पिदारको रुपमा मान्ने गर्दछन् । ष्याँदर मान्ने क्रममा मुईलि न्हासो, क्योर्फा न्हासो, सुसी न्हासो, सेर्फा न्हासो, सुरीन्हासो, काइँता न्हासोहरुको छनौट गर्ने गरिन्छ । यि न्हासोहरुलाई पुजा आवस्यक सामाग्रीहरु जुटाउने जिम्मेवारी दिइन्छ । । पाकेको अन्न वालिहरुलाई आफ्ना ईष्टदेव तथा चण्डी स्थानमा मुल पुजारी मुइँली न्हासोले पुजा आराधाना गर्दै चढाएपछि घर परिवारले खाने चलन छ । ष्याँदर पिदार गर्दा सुनुवारको जात र स्थान विषेश अनुसार सिरी शाँदार , जसी शाँदार, गिल शाँदार मनाउने गर्दछन् ।

उधाँैली पर्वलाई यी चार किरातहरुले आ–आफ्नो मौलिक परम्परा अनुसार मनाउने क्रममा चासोक तङनाममा लिम्बु समुदायहरु केलाङ च्याब्रुङ , यालाङ्ग नाचने पालाम,हाक्पारे गाउने, पक्लुङ्ग लेप्सीङ्ग खेल खेल्ने गर्दछन् भने किरात याक्खा जातिहरु केवालाक, चावालाक, शुभकामना आदान प्रदान गर्दैं चासुवामा रमाउने गर्दछन् । त्यसै गरी किरात सुनुवार जातिहरुले ष्याँदर पिदारको अवसरमा विभिन्न दुलेदुमो (ढोल) हरु प्रयोग गर्दै पिदर नाच्ने गर्दछन् । जस्तोः बुल्फेपिदर, रागा दोःचा, शाँदर पिदर, सुरो योअचा, सुरो चोचा, जस्ता चण्डि नाचहरु नाच्ने गरिन्छ भने सान्केवामा राई समुदायहरु चमर, ढोल झ्याम्टाका साथ प्रकृतिमा भएका जिव जन्तुहरुको सजिव नक्कल गर्दै सिलीहरु नाच्ने गरिन्छन् । जस्तो ः चासुम सिली (अन्न) वापा सिली (भाले) छोङ्गवा सिली (चरा) आदिको नक्कल गर्दै १५ दिन सम्म सिलीहरु नाच्ने गरिन्छ । चासुम सिली नाच्दा मानवले अन्न फलाउनको लागि रोप्ने काम देखि पाकेपछि काटेर झाट्ने, थन्काउने काम आदिको कार्यमा जे विधीहरु अपनाईन्छ त्यो सिली नाच्दा त्यस्तै क्रियाकलाप र हाउभाउ मिलाएर नक्कल गर्दै नाच्ने गरीन्छ ।

हाल सम्पन्न हुदै गरेको केन्द्रीय प्रतिनिधि सभा र प्रदेश सभामा सहभागी अधिकांस नेपाली राजनैतिक दलहरुको दस्तावेजहरुसम्म आईपुग्दा नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विषेशतायुक्त एक स्वतन्त्र अभिभाज्य सार्वभौमसत्ता सम्पन्न मुलुक हो भनी परिभाषित गरेको छ । भुगोलको हिसावले नेपाल सानु मुलुक भएता पनि साँस्कृतिक विबिधतामा भने विशाल छ । वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा १२५ भन्दा बढि जातिहरु १२३ भन्दा बढि भाषाहरु ८ भन्दा बढी धार्मीक संप्रदायहरुको बसोवास रहेको उल्लेख छ । नेपालको आदिबासी जनजातिहरु अस्तित्व र पहिचानको निम्ती आन्दोलनरत् रहेता पनि नेपाल सरकारले आदिबासी जनजातिहरुलाई उचित सम्मान गर्न नसकेको आदिबासी जनजातिहरुको गुनासो छ ।

आदीबासीको यस्ता मौलिक पर्वहरुले हाल राष्ट्रिय मान्यता पाएता पनि अन्य पर्वलाई जस्तो सेवा सुविधा नदिई आदीवासीलाई विभेद गरेको, नेपाल धर्म सापेक्ष रहेको आरोप छ । हाल नेपाल सरकारले नेपालको विभिन्न धर्म र जातिहरुका १८ वटा पर्वहरुलाई राष्ट्रिय पर्र्वको रुपमा मान्यताका साथ सार्वजानिक विदा दिने निर्णय गरेकोले पनि उधाँैली पर्वले राष्ट्रिय किरात चाडको रुपमा मान्यता पाएको छ । वि.सं . २०५८ चैत्र २६ गते नेपाल राजपत्रमा सार्वजानिक सुचना प्रकाशित गरी लिम्बु जातिहरुको चासोक तङनाम, राईको साकेला , याक्खाको चासुवा, र सुनुवारको फोलष्याँदर पिदारलाई संयुक्त रुपमा उधाँैली पर्वको रुपमा मान्यता दिएको छ । यस पर्वलाई आदिबासी किरात समुदायले सुख समृद्धी, स्थायि शान्ति , धार्मिक सहिष्णुता, जातिय सद्भावको भावनालाई सम्मान तथा कामना गर्दै देश विदेशमा रहेका किरात समुदायले यो उधौँली पर्वलाई मनाईरहेका छन् । यस बर्षको उधौली पर्व २०७४ मंसिर १७ गते आइतबार साथै येलेतङवे ५०७७ को अवसरमा नेपाली दिदिबहिनी दाजुभईहरुलाई हार्दिक शुभकामना दिदै. सबैलाई सेवारो,सेवा,सेवायो, नोमसेवल, नमस्कार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार