‘अवसर पाए निरन्तर बाँसुरी बजाउँनेछु’ : निसान

चेतन आङथुपो

चुलाचुली : इलामको माङसेबुङ गाउँपालिका-२ अक्कर घरभएका निसान लिम्बू (१५) ले बाँसुरीमा लगातर दर्जन  भन्दा बढि गीतका धुनहरू सुनाउन सक्छन् ।

माङसेबुङ गाउँपालिका-६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत यी छात्रलाई घरबाट  विद्यालय आइपुग्न ४५ मिनेट समय लाग्छ । बाँसुरी बजाउन मनैदेखि रुचि राख्ने उनी सानो छँदा दाजुसँग जंगलमा गाई, बाख्रा चराउन जाँदा दाजुले बाँसुरी बजाएको  देखेपछि त्यहि सिको निसानले गरे ।

उनी भन्छन, `शनिबार अझै पनि जंगल जाँदा बाँसुरी बजाउँछु, घरमा साँझ विहान, कला प्रस्तुती गर्ने ठाउँ पाए भने म निरन्तर बाँसुरी बजाउँनेछु,नत्र यतिकै छाडिदिन्छु ।’ सामान्य परिवारमा हुर्किन्दै आएको निसानको घरमा बुवा-आमा, दुई दाजु, दुई दिदी छन् ।

पढाइ ठिकै रहेका निसानलाई कक्षा १२ भन्दा माथि पढ्न मन छैन । उनी भन्छन,`पढेर जागिर पनि खान नसकिएला´आजै आफ्नो भविष्य प्रति चिन्ता गर्ने  निसानको गाउँमा आफ्नो दमालका साथीहरू बाँसुरी बजाउँने छैनन्।

यी छात्रसँगको भेटमा उनले ‘पहिलो भेट भएछ है, पानी पँधेरीमा…., ‘यो आखाँमा तिमी छौ…, ‘जागलमक चमक है, नौ जवान हो.., ‘तिरीरी मुरली बज्यो बनैमा…, ‘बगैंचामा नजाउ तिमी भमराले चुमि देला फुल सोचेर…’ लगायतका ६ वटा गीतका धुनहरू बजाएर सुनाए ।

नेपाली गीत, संगीतको क्षेत्रमा पाश्चात्य संगीतले लोक बाजाका मौलिक धुनहरूलाई ओझेल पारिरहेका वेला पहाडी गाउँमा अपवादमै जन्मिएका निसान लिम्बू जस्ता प्रतिभाशाली छात्रहरूलाई संरक्षण तथा सहयोग गर्न सके मोलिक धुनहरूको बचावट हुने थियो कि ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार