जीवन लिम्बू
माङसेबुङ : इलामको माङसेबुङ २ पावामा जारि ‘प्रथम माङसेबुङ गोल्डकप नकआउट फुटबल प्रतियोगीता २०७४’ को पहिलो चरणको दुई अन्तिम खेल सोमवार सम्पन्न भएका छन् ।
सोमवारको पहिलो खेल मोरङ एफसी र मिक्लाजोङ एफसी आरुवोटे विच हुने खेलमा मिक्लाजोङ एफसी आरुवोटे उपस्थित हुन नसकेपछि वाकओभरको आधारमा मोरङ एफसी विजयी भएको छ । सोमबार कै दोस्रो खेलामा माङसेबुङ ३ ले इभाङ एफ सी लाई २–० गोलरले पराजित गर्यो । सोमवारको खेलको म्यान अफ दी म्याच विजयी टिमका मिलन राई घोषित भए ।
मंगलवार दोस्रो चरणका दुई खेल सम्पन्न हुनेछन् । मंगलबारको पहिलो खेल लारुम्बा एफसी र मिक्लाजोङ एफसी विच र दोस्रो खेल टेलिटार एफसी र मांसेबुङ एफ सी विच हुने आयोजकले जनाएको छ भोली छनौट हुने दुई टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । आगामी मंशिर १७ गते लिम्बू जातिको महान चाड चासोक तङ्नामको दिन फाइलन हुने खेलमा २० टिमको सहभागिता रहेको थियो ।
खेलको विजेताले नगद रु ५० हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र पत्र पाउनेछन् । उपविजेताले नगद रु २५ हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछन साथै खेल समयवधी भरको उत्कृष्ट खेलाडी, सार्वधिक गोलकर्ता र उत्कृष्ट गोल किपर जनालाई ट्रफी प्रदान गरिने आयोजक सुनुयुमा विकास जनाएको छ ।