इलाम जिल्लामा प्रभावकारी भएन मतदाता शिक्षा कार्यक्रम

नयाँ बुलन्द

इलाम : आसन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै गए पनि इलाम जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्न सकेको छनै ।
जिल्ला निर्वाचन कार्यालयले कार्तीक २७ गतेबाट जिल्लामा ढिलो गरी मतदाता शिक्षा कार्यक्रम शुरु गरे पनि प्रभावकारी बन्न नसकेको ग्रामिण क्षेत्रका मतदाता बताउछन् ।

दुई वटा प्रतनिधि सभा र ४ वटा प्रदेश सभा सदस्यका लागि मतदान हुने इलामका २ सय ६६ मतदान केन्द्रका लागि कार्यालयले त्यति नै संख्यामा मतदाता शिक्षा कार्यकर्ता खटाएको छ ।
मतदाता शिक्षा कार्यकर्ताले नमुना मतपत्र सहितका सामग्री लिएर गाउँगाउँ गएको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले जानकारी दिए , तर यसरी मतदाता शिक्षाका लागि खटीएका सामाजिक कार्यकता सबै ठाउँमा नपुग्ने गरेको पाईएको छ ।

यसरी सबै ठाउँमा उनीहरु नपुग्दा मतदाता मतदान कसरी गर्ने भन्नेमै अलमल्लीरहेका छन । इलामको माईजोगमाई १ का टेकबहादुर भट्टराईका लागि मतदान कुनै अनौठो होइन, तर पहिलो पटक ३ वटा मतपत्रमा कसरी मतदान गर्ने भन्नेमा उनी प्रष्ट छैनन् ।
भट्टराइले भने‘भोटदिदा दिदा यो उमेर भयो, तर यस पटकको भोट कसरी दिने भन्ने सिकाउन कोहि आएकै छैन् । मत बदर हुन्छकी भन्ने पीर छ ।’उनी जस्ता मत बदर होला भन्ने धेरै मतदाता छन्।

प्रतिनिधि सभा , प्रदेश सभा र समानुपातिकमा गरी एउटै ब्यक्तिले ३ वटा मत पत्रमा मतदान गर्नु पर्ने छ । जसले गर्दा मतदान पक्रिया ढिलो हुने र मतदाता झुक्कीने निश्चित छ ।

इलामका जिल्ला निर्वाचन अधिकारी प्रेम कुमार काफलेले तीनवटा मत पत्र भएका कारण सबै काम ढिलो हुने बताए । यता कार्यालयले इलाम बजार लगायत , देउमाई नगरपालिकाको मंगलबारे , चुलाचुली लगायतका ठाउमा नमुना मतदान कार्यक्रम गरेको छ , मतदाता यसले मात्र नपुग्नेबताउछन् । जिल्लामा मतदाता शिक्षाका लागि मात्र ५० लाख रुपैया आएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार