जीवन लिम्बू
इलाम : लिम्बूहरुको महान चाड चासोक तङनामको अवशरमा माङसेबुङ-२ पावामा सञ्चालित ‘प्रथम माङसेबुङ गोल्डकप नकआउट फुटबल प्रतियोगीता २०७४’ को शनिवारको खेलवाट दुई टिम दोस्रो चरणमा प्रवेश गरेको छ ।
शनिवार महमाइ एफसी र माङसेबुङ २ विचको खेलामा महमाई उपस्थित नभए पछि वाकओभरको आधारमा माङसेबुङ २ विजयी भए । त्यस्तै अर्काे खेलामा पनि माङसेबुङ २ गैरीगाउँ उपस्थित नभएपछि वाकओभरकै आधारमा तोभाङ एफसी विजयी भयो । यो सँगै दुवै टिम दोस्रो चरणमा प्रवेश गरेका छन् ।
आइतबार पनि दुई खेल सम्पन्न हुनेछन् । आगामी मंशिर १७ गते लिम्बू जातिको महान चाड चासोक तङ्नामको दिन फाइलन हुने खेलमा २० टिमको सहभागिता छ । खेलको विजेताले नगद रु ५० हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र पत्र पाउनेछन् । उपविजेताले नगद रु २५ हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछन साथै खेल समयवधी भरको उत्कृष्ट खेलाडी, सार्वधिक गोलकर्ता र उत्कृष्ट गोल किपर जनालाई ट्रफी प्रदान गरिने आयोजक सुनुयुमा विकास जनाएको छ ।