मिनी म्याराथनको उपाधि बुढाद्धयलाई

खुल्ला मिनी म्याराथनका विजेताहरु ।

नयाँ बुलन्द

झापा : यहाँस्थित दमक रन समूहले आयोजना गरेको दोस्रो मिनी म्याराथनको पुरुषतर्फ जुम्लाका दुर्गाबहादुर बुढा र महिलातर्फ नेपाल आर्मीका विश्वरुपा बुढाले उपाधि जितेका छन् ।

शनिवार बिहान दमकमा सम्पन्न दौडमा खुल्ला तर्फ नेपाल आर्मीका कृष्ण बस्नेत द्वितीय तथा आर्मीकै लालबहादुर थापा तृतीय बने । १५ किलोमीटर दूरीमा विजेतात्रयले क्रमशः ४४ मिनेट ०३ सेकेण्ड, ४४ मिनेट १२ सेकेण्ड र ४४ मिनेट ४७ सेकेण्डमा दूरी पूरा गरेका थिए ।

खुल्लाको महिलातर्फ विश्वरुपाले प्रथम स्थान जितिन् । उनले ५३ मिनेट ०३ सेकेण्ड, द्वितीय भएकी सशस्त्र प्रहरीका कान्छिमाया कोजुले ५३ मिनेट ०५ सेकेण्ड र तृतीय भएकी आर्मीकै सुनमाया बुढाले ५३ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेकी थिईन् ।

खुल्ला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु ५० हजार, ३० हजार र २० हजार रुपैया प्राप्त गरेका आयोजक संस्था दमक रन समूहका काव अध्यक्ष दीवस राईले जनाए । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ४० हजार, २५ हजार र १५ हजार रुपैया प्राप्त गरेकी थिईन् ।

दमक रनले विभिन्न उमेर समूह अनुसार दौडको आयोजना गरेको थियो । ७ देखि १२ बर्ष उमेर समूहतर्फ रोदन राई र लक्ष्मी भुजेल प्रथम, प्रसन राई र सम्झना राई द्वितीय तथा अनिश खड्का र दीया श्रेष्ठ तृतीय बनिन् । उनीहरुले क्रमशः नगद रु ७ हजार, रु ५ हजार र रु ३ हजार रुपैया पुरस्कार प्राप्त गरेकी थिईन् । यो उमेर समूहका धावकहरुले ५ किलोमीटर दुरी दौडिएका थिए ।

१३ देखि १६ बर्ष उमेर समूहका धावकहरुले पनि १५ किलोमीटर दौडिएका थिए । उक्त विधातर्फ सुनिल थापा र हुमी बुढामगर प्रथम, लक्ष्मण अधिकारी र मञ्जु राई द्वितीय तथा नन्दू राई र सिर्जना तृतीय हुन सफल भए । उनीहरुले क्रमशः नगद रु १५ हजार, रु १० हजार र ५ हजार रुपैया पुरस्कार जिते ।

यसैगरि ३५ देखि ४५ बर्ष उमेर समूहको भेट्रानतर्फ धर्म महर्जन प्रथम, दामोदर बुढामगर द्वितीय र श्याम राई तृतीय बनेका थिए । उनीहरुले पनि क्रमशः नगद रु ७ हजार, रु ५ हजार र रु ३ हजार रुपैया पुरस्कार प्राप्त गरे ।

त्यस्तै, ४६ बर्षमाथिको सुपर भेट्रानमा निर्मल राई र रिता राई प्रथम, पूर्व राष्ट्रिय धावक बुद्धबीर लामा र मनमाया लिम्बू द्वितीय तथा मोहन कुमार सुब्बा र रिता लिम्बू तृतीय जित हासिल गरे । उनीहरुले पनि क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैया प्राप्त गरेका थिए ।विजेता खेलाडीहरुलाई दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, किर्तीमानी धावक बैकुण्ठ मानन्धर, पूर्वधावक बुद्धबीर लामा, म्याराथन प्रशिक्षक रघु वन्तलगायतले पुरस्कार प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार