गाग्रेभन्ज्याङ्ग-विर्तामोड सडककको काम ५८ प्रतिशत पुरा

नयाँ बुलन्द

इलाम : पश्‍चिमी इलामकोदेउमाई नगरपालिकाको मंगलबारे गाग्रेभन्ञ्याङ्ग दानावारी हुँदै विर्तामोड जाने सडक आगामी जेष्ठ सम्ममा सञ्चालनमा आउने भएको छ ।

डेनमार्क सरकारको सहयोगमा निर्माणाधिन उक्त सडकको ५८ प्रतिशत काम पुरा भएको आयोजनाका इञ्जिनियर नितेशकुमार झाले जानकारी दिए । उन्नती समावेशी परियोजना अन्तर्गत उन्नती इन्क्लोजिफ ग्लोथ कार्यक्रम अन्तर्गत उक्त सडक निर्माण भइरहेको हो ।

गाग्रेभन्ञ्याङ–जितपुर–सोयाक–वेलवासे–चिसापानी सडक निर्माण भएसँगै इलामका पश्चिमी क्षेत्रका वासिन्दालाई तराई झर्न सहज हुने भएको छ । मंगलबारेबाट मेची राजमार्ग हुँदै इलाम–फिक्कलबाट झापा करिव एक सय दश किलो मिटर पार गर्नु पर्छ , तर सो सडक निर्माण पछि करिव ६० किलोमिटर सडक पार गर्दा झापाको विर्तामोड पुग्न सकिन्छ ।

सो क्षेत्रका वासिन्दाले उत्पादन गरेको वस्तु तराई लैजान, दैनिक उपभोग्य वस्तु घर भित्रियाउन, विरामी हुँदा चाँडो अस्पताल जान र ब्यापारिक दृष्टिले समेत स्थानीयलाई सहजता हुने छ ।

पहिलो र दोस्रो गरि दुई चरणमा काम भइरहेको छ । सो परियोजना अन्तर्गत ३२ किलो मिटर सडकको स्तर उन्नती हुने इञ्जिनियर झाले वताए ।

सडकको गेभियन वाल निर्माण ९० प्रतिशत पुरा भएको छ भने अर्थ वर्क ९० प्रतिशत, साइड ड्रेन ६५ प्रतिशत र मेसिनको काम ४० प्रतिशत सम्पन्न भएको इञ्जिनियर झाले जानकारी दिए । २०७३ साल चैत महिनाबाट सुरु भएको काम सम्पन्न गर्न आगामी ७५ जेठ सम्म कुर्नु पर्ने छ । हाल पनि देउमाई नगरपालिकाको जितपुरबाट सोयाक–दानावारी हुँदै झापासम्म तीनवटा बस सञ्चालनमा आएको स्थानीय वासिन्दाले वताए । उक्त सडक मार्फत साना सवारी समेत प्रसस्तै मात्रामा तराई आवतजावत गर्दै आएका छन् ।

पहिलो चरणको १६ किलोमिटर सडकको काम गर्ने जिम्मा देवा निर्माण कम्पनीले लिएको छ भने दोस्रो चरणको १५ किलोमिटर सडक निर्माणको जिम्मा याक्थुमहाङ बिरुवा कम्पनीले लिएको छ । पहिलो चरणको काम १० करोड ७३ लाखमा ठेकका लागेको छ भने दोस्रो चरणको १० करोड १५ लाखमा ठेक्का लागेको आयोजनाले जानकारी दिएको छ ।

यो सडक निर्माण भइसकेपछि सो सडक करिव कालोपत्रे गर्न तयारी हुने आयोजनाका मुल्य श्रीङ्खला संयोजक विष्णु काफ्लेले जानकारी दिए । सडक निर्माणसँगै पूर्वी क्षेत्रको प्रमुख ब्यापारीक केन्द्र विर्तामोडसँग प्रतक्ष समपर्क वढ्ने, सो क्षेत्रका वासिन्दाको आर्थिक उन्नती र रोजगारीको स्थिती सृजना हुने संयोजक काफ्लेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार