केपी ओलीको घर अगाडी बम बिस्फोट

नयाँ बुलन्द

झापा :झापा दमकमा रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर अगाडी बम बिस्फोट भएको छ ।

ओली निवासमा दमकका नगर प्रमुख रोम ओली बस्दै आएका छन् । घर अगाडी सडकमा राखिएको एउटा बम बिहान ४ बजे बिस्फोट भएको थियो । बम बिस्फोटको आवाजले स्थानीय त्रसित भएका थिए ।

सँगै रहेको अर्को बम डिस्पोजल गर्न नेपाली सेनाले तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार