जीवन लिम्बू
इलाम : लिम्बुहरुको महान चाड चासोक तङनामको अवशरमा माङसेबुङ दुई पावामा सञ्चालित ‘प्रथम माङसेबुङ गोल्डकप नकआउट फुटबल प्रतियोगीता २०७४’ को शुक्रवार दुई खेल सम्पन्न भएका छन् ।
पहिलो पहिलो खेलमा माङसेबुङ एफसीले आयोजकलाई ४–० कोे अन्तरले पराजित गर्यो । यो जित सँगै लारुम्वा एफसी दोस्रो प्रवेश गरेको छ । दोस्रो खेलमा मिक्लाजोङ एफसीले आयोजक एफसी लाई ८–० गोलको भारी गोल अन्तरले पाखा लगायो । मिक्लाजोङको जितको लागि धरेन्द्र लिम्बूले ५ र जितेन्द्र राईले तिन गोल गरे । जित सँगै मिक्लाजोङ एफसी पनि दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको म्यान आफ दि म्याच मिक्लाजोङ एफसीका धरेन्द्र लिम्बू घोषित भए ।
शनिवार पनि दुई खेल सम्पन्न हुनेछन् । शनिबारको पहिलो खेल महमाइ एफसी र माङसेबुङ २ विच र दोस्रो खेल माङसेबुङ २ गैरीगाउँ एफसी र तोभाङ एफसी विच हुने आयोजकले जनाएको छ ।
आगामी मंशिर १७ गते लिम्बू जातिको महान चाड चासोक तङनामको दिन फाइलन हुने खेलमा २० टिमको सहभागिता छ । खेलको विजेताले नगद रु ५० हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र पत्र पाउनेछन् । उपविजेताले नगद रु २५ हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछन साथै खेल समयवधी भरको उत्कृष्ट खेलाडी, सार्वधिक गोलकर्ता र उत्कृष्ट गोल किपर जनालाई ट्रफी प्रदान गरिने आयोजक सुनुयुमा विकास संस्थाका अध्यक्ष उत्तर बहादुर लिम्बूले जानकारी दिए ।