माङसेबुङ गोल्डकप : लारुम्बा र टेलिटार दोस्रो चरणमा प्रवेश

जीवन लिम्बू

माङसेबुङ : लिम्बूहरुको महान् चाड चासोक तङनामको अवसरमा इलामको माङसेबुङ २ स्थित पावामा ‘प्रथम माङसेबुङ गोल्डकप २०७४’ सुरु भएको छ ।

नीय सुनुयुमा विकास संस्थाको आयोजनामा सुरु भएको गोल्डकपको पाहिलो दिन बिहीबार दुई खेल सम्पन्न भएका छन् । पहिलो चरणको पहिलो खेलमा लारुम्बा एफसीले जौवारी एफसीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । लारुम्बाको जितको लागि सुरेश लिम्बुले ह्याट्रिको गरे र अर्काे एक गोल विजय राइले गरेका थिए । म्यान आफ दि म्याच लारुम्बा एफसीका सुरेश लिम्बू घोषित भए । यो जितसँगै लारुम्वा एफसी दोस्रो चरणमा प्रवेश गरेको छ ।

त्यस्तै दास्रो खेलमा ट्राइव्रेकरमा टेलिटार एफसीले तिनथुम्की क्लव मिक्लाजोङलाई पराजित गर्यो । दुवै टिमले खेलको पुरा समय सम्म एक–एक गोलको वरावरी खेलेपछि टेलिटार एफसीले ट्राइव्रेकरमा ५–३ को जित निकालेको हो । टेलिटार एफसीका पूर्ण लिम्बू म्यान अफ दी म्याच घोषित भए । जितसँगै टेलिटार एफसी पनि खेलको दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत शुक्रबार पनि दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा माङसेबुङ एफसी र मिक्लाजोङ एफसीबीच र दोस्रो खेलमा आयोजक र माङसेबुङ ५ विच हुने आयोजकले जनाएको छ ।

आगामी १७ मंसिरसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल चासोक तङनामको दिन हुनेछ । गोल्डकपमा इलाम र पाँचथरका २० टिमको सहभागिता छ । गोल्डकपको विजेताले नगद ५० हजार र उपविजेताले नगरर २५ हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछन् । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई ट्रफी प्रदान गरिने आयोजक सुनुयुमा विकास संस्थाका अध्यक्ष उत्तर बहादुर लिम्बूले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार